‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्दा उत्तम विकल्प अरू केही नहुने बताएका छन् ।
मंगलबार एमाले निकट जिफन्टले सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘नेपाल समृद्ध हुनुपर्छ, नेपाली जनता सुखी हुनुपर्छ । त्यसका लागि एक ठाउँमा मात्र प्रयास गरेर हुँदैन । सम्पूर्ण ठाउँ, कृषि, उद्योग, शिक्षा,स्वास्थ्यलगायत सबै ठाउँमा ध्यान दिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यही कुरालाई ध्यानमा राखेर एमालेलाई सरकारमा हुँदा र नहुँदा जिम्मेवार पार्टी भनेका हौँ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएपछि मुलुकबाट तुइन विस्थापित भएर पुल युगको सुरुवात गरेको भन्दै अहिले त्यो क्रम सुरुङ युगमा प्रवेश गरेको बताए ।
उनले परिवर्तन गर्न खोज्दा गर्न सकिने भन्दै हुलाकी मार्ग, सयौँ पुल, मदन भण्डारी राजमार्ग, उत्तर दक्षिण करिडोर निर्माण गरेर महत्त्वपूर्ण परिवर्तन गरेको दाबी गरे ।
नेपालमा रोजगारीको अवसर हुँदै नभएको अवस्था नरहेपनि भनेजस्तो नभएको मात्र रहेको ओलीले बताए ।
उनले २०७२ सालपछि नेपालले तीव्र विकास भएपनि अझै बढाउनुपर्ने आवश्यकता रहेको बताए । कृषिमा नयाँ ढङ्गले जानुपर्ने,औद्योगिक क्षेत्र, पर्यटन र पूर्वाधारका क्षेत्र बढाउनुपर्ने काम गर्ने मजदुर नै भएकाले सामाजिक सुरक्षा क्षेत्रमा मजदुर अनिवार्य समेटिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
-
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव
-
मेरो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले
-
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र