डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्ने जनाएको छ । पछिल्लो समय दूध उत्पादक किसानमार्फत सङ्कलन गरी डीडीसीलाई दूध बेच्ने गरेको गुनासो आएकाले स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्ने निर्णय भएको डीडीसीका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
सरकारी निकायमा दर्ता भएको फार्म र दुग्ध सहकारी मार्फत दुध खरिद गरिरहेको उनको भनाइ छ । ‘यसबारे कोटा भन्ने शब्द प्रचलित भएर आएको हो । मुख्य गरी हामीले दूध उठाइरहेका छौँ । संस्थानको नीति के हो भने जति पनि उत्पादक किसानको दूध छ, त्यो सोझै किसानले बेचेको दूध मात्रै खरिद गर्छौँ’, उनले भने, ‘यसको आशय कस्तो हो भने एक जनाले दूध उत्पादन गर्ने र अर्को कोही व्यक्तिले दूध सङ्कलन गरी बेच्न नपाउने हो ।’
अधिकारीले प्राथामिक उत्पादक किसान सहकारी र फार्म बाहेक डीडीसीले दूधको सङ्कलन नगर्ने बताए । ‘किसानले आफ्नो फार्म सरकारी निकायमा दर्ता गर्नुभएको छ कि कुनै सहकारीमा आबद्ध हुनु हुन्छ,’ उनले भने, ‘तर यो दुइटाबाहेक अरूको दूध सङ्कलन गर्दैनौँ ।’
डीडीसीले विगतदेखि नै दैनिकरुपमा १ लाख २ हजार देखि १ लाख २० हजार लिटर दूध सङ्कलन गर्दै आएको छ । समान्य समयमा देशभरबाट १ लाख २ हजार दूध सङ्कलन हुन्छ भने सिजन (पुस, माघ, फागुन) मा १ लाख २० हजार लिटर दैनिक दूध सङ्कलन गर्ने अधिकारीले जनाए ।
यसैबिच किसानले दूध सङ्कलनमा समस्या नरहेको बताएका छन् । दुग्ध सहकारी संस्था, तनहुँका अध्यक्ष अमर कुँवरले दूध सङ्कलन भइरहेको बताए । उनले दूधको कोटाबारे हल्ला सुनेको तर आधिकारिक रूपमा जानकारी नभएको बताए । ‘दूधको कोटा निर्धारण भएको आधिकारिक रूपमा जनाकारी छैन,’ उनले भने, ‘अहिले दूध उठाइरहेको छ, के हो भनेर मैले डीडीसीमा बुझ्दा यो विषयमा थप छलफल गर्ने भनिएको छ ।’
यस्तै दूध उत्पादक सहकारी संस्थाको छाता संगठन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगालेले दूधको कोटा निर्धारणबारे आफूलाई आधिकारिक जानकारी नरहेको बताए ।
ललितपुरको महाङ्काल गाउँपालिकामा पनि दूध सङ्कलन समस्या नदेखिएको बताएको छ । गाउँपालिकाका स्थानीय विनोद चौलागाईले दुध सङ्कलन भइरहेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास