सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री
![सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री](https://npcdn.ratopati.com/media/news/kp-oli_YgXwEeWARU.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति जिम्मेवार रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेकले संविधान र कानुन मान्दिन भनेर गयो भने समाजलाई सरकारले ठिक बाटोमा हिँडाउन सक्नुपर्ने बताएका हुन् ।
‘राज्य जिम्मेवार, आमाजस्तो सरकार हुनुपर्छ’, उनले भने, ‘जनता कानुन र संविधानभन्दा माथि हुन्छ, जनताले हेरफेर र परिवर्तन गर्न सक्छ तर सामूहिक शक्तिका भरमा ।’ उनले इण्डिभिज्युअल रुपमा संविधान र कानुन सबैले मान्नुपर्ने बताए ।
‘हरेकले कानुन र संविधान मान्दिनँ भनेर, स्वेच्छाचारी ढंगले बोलेर, सभ्यता र संस्कृतिको धज्जी उडाएर, गति छोड्यो भन्यो सरकारले जिम्मेवार ढंगले समाजलाई ठिक बाटोमा हिँडाउने कर्तव्य हुन जान्छ’, प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्रीले पछाडि परेकाहरूलाई अगाडि बढाउने र हरेक नागरिकलाई आम्दानी उपलब्ध गराउनुपर्ने बताए ।
‘त्यसका लागि उत्पादन वृद्धि गर्दै बचत गर्न सक्ने अवस्था भएपछि समृद्धि हुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले औपचारिक मात्र होइन अनौपचारिक क्षेत्रमा समेत सामाजिक सुरक्षा विस्तार गर्नुपर्ने भन्दै अस्थायी र ज्यालादारी क्षेत्रका मानिसहरूलाई समेत समेट्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
-
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव
-
मेरो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले