प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
मङ्गलबार, ११ मङ्सिर २०८१, १५ : २९

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण भित्रको भ्रष्टाचार छानबिन गर्न गएको बिहीबार सरकारले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । जसको संयोजक उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेल तोकिएका थिए । तर उनले समितिमा बस्न अस्वीकार गरेका छन् ।
पोखरेल संयोजक रहने गरी तीन सदस्यीय समिति बनाउने सरकारको तयारी थियो । तर समितिले पूर्णता नपाउँदै संयोजकले पदमा बस्न अस्वीकार गरेका छन् । भ्रष्टाचारसम्बन्धी छानबिन गर्ने कानुनी निकाय अख्तियारलाई छलेर बनाएको समितिको औचित्य नभएको भन्दै उनले पदमा बस्न अस्वीकार गरेको पोखरेल निकट स्रोतले बताएको छ ।
सरकारले अर्को समिति बनाएर टीओडी मिटर जाँच गरिरहेको छ । अरबिन्दकुमार मिश्रको संयोजकत्वमा रहेको समितिले टाइम्स अफ डे (टीओडी) मिटर अनुसार प्राधिकरणको बिल जाँच गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिटकिरीका ७ फाइदा : प्रयोग गर्दा यी कुराहरूमा ध्यान दिनुहोस्
-
सामाजिक सञ्जाल विधेयक : लोकतन्त्रमाथि खतरा !
-
आज शून्य भेदभाव दिवस मनाइँदै
-
‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै
-
माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात