मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?

मङ्गलबार, ११ मङ्सिर २०८१, १४ : ०६
मङ्गलबार, ११ मङ्सिर २०८१

अमेरिका । अमेरिकाको विस्कन्सिन राज्यको वाटरटाउनमा एक जना ४४ वर्षिय पुरुषले आफ्नै मृत्युको नाटक रचेका छन् । ग्रिन लेकमा कायाकका लागि गएको बेलमा अगस्टमा डुबेर बेपत्ता भएको ठानिएका ती पुरुष पूर्वी युरोपमा भेटिए । 

अगस्ट १२ मा तीन सन्तानको पिता र्‍यान बोर्गवार्ड्ट हराए । उनी ग्रिन लेकमा छोटो कायाकी ट्रिपका लागि गएका थिए । तर उनी फर्केर आएनन् । तत्कालै उनको खोजी कार्य पनि भयो । तालमा पल्टिएको अवस्थामा उनको कायाक भेटियो । नजिकको पार्कमा उनको गाडी र ट्रेलर फेला पर्‍यो ।

उनी तालमा डुबेर मरे भन्ने सोचिएको थियो । एक दिनपछि स्थानीय मछुवाराले र्यानको माछा मार्ने रड र उनको केही सामान भएको बाकस पनि भेटे । यी सबैले उनको आकस्मिक निधन भएको हुन सक्ने तर्फ औँल्याइरहेको थियो । तर त्यसपछि, अनुसन्धानका क्रममा र्‍यान सीमा पार गरेर क्यानडातिर गएको प्रमाण भेटियो । 

अनुसन्धानका क्रममा आफ्नी श्रीमती र सन्तानलाई छाड्न उनले आफ्नो मृत्युको प्रपञ्च रचेको थाहा भयो । नोभेम्बर ११ मा अनुसन्धानकर्ताहरूले र्‍यानसँग सम्पर्क गरेका थिए । त्यसयता उनीसँग नियमित सम्पर्क भइरहेको बताइएको छ ।

 आफ्नो मृत्युको नाटक रचेर श्रीमती र छोराछोरीलाई किन पीडा दिएको भनेर उनले बताइसकेका छैनन् ।

आफू बेपत्ता हुन उनले सबै तयारी गरेका थिए । नयाँ पासपोर्ट पनि झिकेका थिए । हराउनु अघि उनले कम्प्युटरको हार्ड ड्राइभ फेरेर सबै सर्च हिष्ट्री मेटाएका थिए । जीवन बीमाको ३ लाख ७५ हजार डलर पैसा पनि झिके, विदेशी खातामा हाले, इमेल परिवर्तन गरे अनि उज्वेकिस्तानमा एक महिलासँग कुरा गरे ।

 उनले यो सबै प्रपञ्च अर्की महिलासँग बिहे गर्न गरेको हुन सक्ने आशंका प्रहरीको छ । उनी घर फर्किएर आफूले सृजना गरेको सबै भद्रगोल मिलाउँछन् भन्ने आशा आफूहरूले गरेको ग्रिन लेक काउन्टीका सरिफ मार्क पोडोलले भनेका छन् । 

र्‍यानले आफ्नो यस व्यवहारका लागि पछुतो गरेको उनले बताएका छन् । आफू बेपत्ता भएको २ हप्तामा त शव खोज्ने काम रोकिएला भन्ने आशा आफूले गरेको र्‍यानको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप