सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’

काठमाडौँ । सिनामंगलस्थित होटेल जन्मभूमिको चौथो तलामा मंसिर ९ गते मृतावस्थामा भेटिएका रमेश माझी र शर्मिला माझीको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम पछि आफन्तले शव बुझेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
रमेश र शर्मिला दम्पती हुन् । सुनसरीको दुहबी घर भएका उनीहरू मंसिर ८ गते बिहान कतार एयरलाइन्सको उडानमार्फत क्यानडाबाट काठमाडौँ आएका थिए । तर, क्यानडाबाट उनीहरू काठमाडौँ ओर्लिएको बारेमा परिवारका सदस्यहरू नै बेखबर थिए । होटेलमा झुन्डिएको अवस्थामा शव भेटिएको भनेर प्रहरीले खबर गर्दा रमेशका बुवाआमाले नपत्याएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘हाम्रो छोरा बुहारी क्यानडामा छन्, भनेर उहाँहरूले पत्याउनुभएन।’
सुनसरीबाट काठमाडौँ आएर परिवारका सदस्यहरूले प्रहरी वृत्त गौशालामा घटनाबारे अनुसन्धानका लागि जाहेरी दिएका छन् । प्रहरीसँग परिवारका सदस्यहरूले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘उनीहरू नेपाल आउनको कुरा थाहै थिएन ।’
दुई वर्ष क्यानडा बसेर नेपाल फर्किएका उनीहरूको ४ वर्षीया छोरा छन् । दुई वर्षको छोरा छाडेर क्यानडा गएका उनीहरू त्यहाँबाट काठमाडौँ आएपछि सिधै एयरपोर्ट नजिकै रहेको होटेलमा पुगेर बसेका हुन् । एसपी अधिकारीले भने, ‘विमानस्थलबाट उहाँहरू सिधै होटेलमा गएको देखिन्छ ।’
क्यानडाबाट परिवारलाई खबर नै नगरी आएका दम्पतीले आत्महत्या गर्नुको कारण खुल्न नसकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘परिवारका सदस्यहरू बेखबर छन्, हामी प्राविधिक कोणबाट आत्महत्या गर्नुको कारण खोज्दै छौँ ।’
उनीहरूको शव परीक्षणको रिपोर्ट आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु
-
ट्राफिकले सवारी चालकको चाबी थुत्न मिल्छ ? यस्तो छ उच्च अदालतको व्याख्या
-
शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल
-
जापानमा तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित
-
युवराजले भने, ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’