प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि समितिको बैठक बसेर छलफल गर्ने बताएका छन् ।
सभापति यादवले समितिको बैठक सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रीसँग समयका लागि समन्वय गरिरहेको पनि जानकारी दिए । उनले सरकारको एजेन्डा बाहिर आएपश्चात् त्यसमाथि छलफल हुने र भ्रमण उपलब्धिमूलक बनाउन समितिले थप सल्लाह सुझाव दिने पनि जानकारी दिए ।
‘यो उहाँको महत्त्वपूर्ण भ्रमण हो । यसलाई फलदायी बनाउन भएका र थप एजेन्डामा छलफल हुन्छ‚’ उनले भने ।
प्रधानमन्त्री बनेपश्चात् केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् । भ्रमण अघि मङ्सिर १३ गते तयारी स्वरूप परराष्ट्र मन्त्री आरजू राणा देउवा चीन भ्रमण जाने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण अघि बेल्ट एन्ड रोड योजना ऋणमा लिने कि अनुदानमा भन्ने बहस पनि छ । त्यसैले महत्त्वपूर्ण विषयमा गहन छलफल समितिमा हुने गरी बैठक बस्ने सभापति यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई