लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
मङ्गलबार, ११ मङ्सिर २०८१, १३ : ३१

काठमाडौँ । कुथली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश घोषणा गरेको थियो । बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।
सोमबार १० प्रतिशतको सेयर बोनस घोषणा भएपछि मंगलबार यसको सेयर किन्ने धेरै देखिए । जसले गर्दा कारोबार सुरु भएको दुई घण्टा नपुग्दै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५४ रुपैयाँ बढेको छ । १० प्रतिशतले मूल्य बढ्दै आज कुथली बुखरीको सेयर मूल्य प्रतिकित्ता २७९३ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ छ । जसबाट लगानीकर्ताहरूले १ करोड २१ लाख ८६ हजार बराबरको लाभ पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने