यी पाँच औषधिको नियमित सेवन गर्नु हुन्छ ? गुम्ला है स्मरणशक्ति
काठमाडौँ । डिमेन्सिया रोग संसारमा तीव्र गतिमा बढिरहेको छ । विश्वमा ५ करोड ५० लाख मानिस यस रोगबाट ग्रसित छन् भने हरेक वर्ष १ करोड नयाँ बिरामी थपिरहेका छन् ।
यो रोगले ६५ वर्षभन्दा माथिका मानिसलाई सिकार बनाउँछ । यो एक न्यूरोलोजिकल रोग हो जसमा बिरामीले चीजहरू बिर्सन्छ, डराएको महसुस हुन्छ र कुनै पनि निर्णय लिन उनीहरूलाई गाह्रो हुन सक्छ । डिमेन्सिया हल्का हुन सक्छ । यो गम्भीर पनि हुन सक्छ । बिरामी गम्भीर अवस्थामा पुग्यो भने, उसलाई दैनिक गतिविधिहरूमा पनि मद्दत चाहिन सक्छ ।
के हो डिमेन्सिया ?
डिमेन्सिया एक खालको सिन्ड्रोम हो जसले दैनिक क्रियाकलापहरूसँग सम्बन्धित सोच, सम्झने, तर्क गर्न सक्ने आदि जस्ता संज्ञानात्मक क्षमता घटाउँदै लैजान्छ । यो मस्तिष्कको कार्य प्रणालीमा उत्पन्न हुने विघटन हो । यो अवस्था कयौँ रोगहरूको कारण आउन सक्छ, यसमा कोशिकाहरू बिग्रन थाल्छ । उमेर बढ्दै जाँदा हरेकलाई यो रोग लाग्छ भन्ने चाँहि होइन । तर यस रोगबाट पीडित व्यक्तिहरूलाई विशेष हेरचाह भने चाहिन्छ ।
औषधिले पनि डिमेन्सिया निम्त्याउन सक्छ ?
यो रोग मस्तिष्कको न्युरोन्स अर्थात् स्नायु कोशिकामा हुने परिवर्तनले गर्दा लाग्छ । यो रोग लागेपछि मानिसले राम्ररी काम गर्न सक्दैनन् । केही औषधिहरू छन् जसको कारण डिमेन्सिया जस्ता लक्षणहरू देख्न सकिन्छ । यदि यी औषधिहरू लगातार खाइयो भने, बिरामीलाई डिमेन्सिया हुने खतरा हुन्छ । डिमेन्सियाको जोखिम बढाउन सक्ने ५ सामान्य औषधिहरू यस्ता छन्:
बेनड्रिल
बेनड्रिललाई डाइफेनहाइड्रामाइन पनि भनिन्छ । खासगरी लामो समयसम्म प्रयोग गर्दा यो औषधिले डिमेन्सियाको जोखिम बढाउन सक्छ । यो एक खालको एन्टिकोलिनेरजिक औषधि हो । यसले एसिटिलकोलाइनलाई ब्लक गर्छ । यसलाई सरल भाषामा भन्नु पर्दा यो औषधिले स्नायु प्रणालीमा रासायनिक सन्देशहरू पठाउने काम गर्ने रसायनलाई ब्लक गर्ने काम गर्छ । साथै यसले स्मृति वा नयाँ कुरा सिक्नमा पनि सहयोगी रसायनलाई पनि रोकिदिन्छ । बेनड्रिलजस्ता एन्टिकोलिनर्जिक औषधिहरू लामो समयसम्म सेवन गर्दा ले डिमेन्सियाको जोखिम बढ्ने धेरै अनुसन्धानहरूले पत्ता लगाएका छन् । तर, यी अनुसन्धानहरूमा यसको सेवनले निश्चित रूपमा डिमेन्सिया हुन्छ नै भनेर चाहिँ भनिएको छैन ।
ओपिएट्स
सहनै नसक्ने पीडा हुँदा पेनकिलरको रूपमा ओपिएट्स प्रयोग गरिन्छ । यो औषधिले डिमेन्सिया र मानसिक स्वास्थ्य कमजोर बनाउने जोखिम बढाउने मानिन्छ । यो औषधि क्यान्सर नभएका व्यक्तिहरूले सेवन गर्दा ती व्यक्तिमा अल्जाइमर (स्मृति क्षय हुँदै जाने) रोग लाग्ने खतरा धेरै गुणा बढेको एक अनुसन्धानले देखाएको थियो ।
ओमीप्राजोल
लामो समयसम्म यो औषधिको प्रयोगले डिमेन्सियाको जोखिम बढाउँछ । साढे चार वर्षभन्दा बढी समयदेखि यो औषधि प्रयोग गर्ने मानिसहरूलाई डिमेन्सिया हुने खतरा बढी रहेको सन् २०२३ मा गरिएको एक अनुसन्धानमा पाइएको थियो । जामा न्यूरोलोजीले गरेको अर्काे अध्ययनमा यो औषधिको नियमित सेवन गरिरहेका ७७ वर्षभन्दा माथिका मानिसमा डिमेन्सियाको खतरा ४४ प्रतिशत बढी पाइएको थियो ।
बेन्जोडाइजेपाइन्स
यो औषधिले पनि हाम्रो स्मृतिलाई असर गर्छ । यसका कारण दीर्घकालीन स्मरणशक्ति प्रभावित हुन्छ । यसले डिमेन्सियाको जोखिम निकै बढ्छ ।
ट्राइसाइक्लिक एन्टीडिप्रेसेन्ट्स
लामो समयसम्म ट्राइसाइक्लिक एन्टीडिप्रेसेन्ट्स सेवन गर्दा डिमेन्सिया हुने जोखिम उल्लेखनीय रूपमा बढ्ने केही अनुसन्धानमा पत्ता लागेको थियो । यसलाई लामो समयसम्म प्रयोग गर्दा स्मरण शक्तिमा असर पर्छ र स्मरण कमजोर हुँदै जान्छ ।
(अस्वीकरण: यो लेख सामान्य जानकारीको लागि अनलाइन सामाग्रीबाट तयार पारिएको हो । अधिक जानकारीका लागि विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलरको दादागिरी
-
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक बस्दै
-
फेवातालमा साइँली डुङ्गा सरर... (तस्बिरहरू)
-
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौँ महानगरको पत्राचार
-
जाडोमा यी ५ फलफूल खाँदा अनुहार चम्किलो हुन्छ, मुटु र दिमाग पनि स्वस्थ रहन्छ
-
के तपाईं पनि बच्चालाई खुवाउँदा यस्तो गल्ती गर्नुहुन्छ ?