प्रदर्शन
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि बिनु यादव पक्राउ
मङ्गलबार, ११ मङ्सिर २०८१, १३ : ०१
_7D5Fx3U8Zk.jpg)
काठमाडौँ । घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ परेकी छन् ।
सर्वोच्च अदालतअघि बोर्डमा कालो रङ छ्यापेर विरोध प्रदर्शन गरेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई हाल प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
यादवले लामो समयदेखि आफ्नो माग सम्बोधनका लागि प्रदर्शन र अनसन बस्दै आएको छन् । यसअघि उनले अनसन बसेपछि सरकार पक्ष उनको चारबुँदे सहमति पनि भएको थियो ।
त्यतिबेला यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको थियो । कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित यादव माइतीघर मण्डलामा सत्याग्रह बसेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल नेपाल खेलकुद महासंघको निर्णयः प्रचण्ड कप राष्ट्रिय भलिबलदेखि पूर्वजनमुक्ती सेना राष्ट्रिय फुटबल आयोजनासम्म
-
राजावादीको कार्यक्रम बिथोलियो, तीनकुने क्षेत्र अशान्त–घरमा आगलागी
-
प्रतिगामी र पुनर्उत्थानवादी शक्ति देशलाई कमजोर बनाउन लागे : महिन्द्रराय यादव
-
तस्बिरमा हेर्नुहोस्, समाजवादी मोर्चाको जनसभा
-
प्रदर्शनकारीहरू ढुङ्गा हान्दै बानेश्वरतिर अघि बढेपछि बल प्रयोग : प्रहरी
-
कुललमान हटाएकोमा उद्योगी खुसी, चौबीसै घण्टा बिजुली पाउने आशा