बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

बकवास गीत लेख्नु पनि मुस्किलकाे काम हो: जावेद अख्तर

मङ्गलबार, ११ मङ्सिर २०८१, १२ : ५८
मङ्गलबार, ११ मङ्सिर २०८१

नयाँ दिल्ली । जावेद अख्तर हिन्दी फिल्मका चर्चित गीतकार हुन् । यतिबेला उनको एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा फराह खानले एउटा फिल्मका लागि आफूलाई बिना अर्थको गीत लेख्न भनेको भनेर बताइरहेका छन् । बिना अर्थको गीत लेख्न पनि सजिलो काम नभएको जावेदले भिडियोमा बताएका छन् ।

सन् २००७ मा फराह खानको ‘ओम शान्ति ओम’ फिल्म आएको थियो । यो फिल्मका गीतहरू निकै हिट भए । फिल्मको एउटा गीतमा त फराहले लगभग पूरै बलिउडलाई लिएर आइन् । तर यो फिल्मको एउटा गीतलाई लिएर उनी निकै चिन्तित थिइन् । यो गीत फराहले जावेदलाई लेख्न लगाएकी थिइन् । यो गीत लेख्नु आफ्नो लागि निकै ठुलो ‘टास्क’ भएको जावेदले भिडियोमा भनेका छन् ।

फराहले गरेकी थिइन् अजीब माग
फिल्मका नायक ह्विलचेयरमा भएको र उसलाई जोडेर  बिना अर्थको गीत लेख्न फराहले जाभेदलाई भनेकी थिइन् । गीतमा ‘डिस्को’ जस्ता शब्द पनि राख्नु पर्ने थियो । ‘कसैले तपाईँलाई बिना अर्थको गीत लेख्न भन्छ भने यो तपाईँको लागि वास्तवमै एउटा चुनौती हो । यदि तपाईंले कसैलाई यहाँ उभिएर बिना कारण दुई मिनेट बोल्न भन्नु भयो भने यो कुराको कुनै मतलब हुन्न ।’ भाइरल क्लिपमा जाभेदले भनेका छन् ।

सजिलो थिएन बेतुकको गीत लेख्न
फराहले जाभेदलाई कुनै पनि लाइनको कुनै अर्थै नभएको गीत लेख्न भनेकी थिइन् । त्यसपछि आफूलाई पहिलो पटक बकवास लेख्नु पनि निकै गाह्रो काम हो भन्ने महसुस भएको उनले बताए । त्यो गीत निकै हदसम्म बिना अर्थको थियो र यसमा आफूलाई खुसी लागेको पनि उनले बताए ।

सुखविन्दर सिंहको आवाजमा फिल्ममा ‘दर्द–ए–डिस्को’ गीत राखिएको थियो । तर यो गीत पनि निकै हिट भयो । ओम शान्ति ओममा शाहरुख खानसँगै दीपिका पादुकोण, श्रेयस तलपडे, किरण खेर र अर्जुन रामपालको महत्त्वपूर्ण भूमिका थियो । यो दीपिका पादुकोणको बलिउड डेब्यू थियो । फिल्ममा दीपिका र शाहरुख दुवै डबल रोलमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप