किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
मङ्गलबार, ११ मङ्सिर २०८१, १२ : ५०
१

धनकुटा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका-७ मोतिगडा बस्ने २८ वर्षीय सोमनाथ भन्ने सुजन गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुजनले ती किशोरीलाई सुनसरी इटहरीस्थित क्राउन होटल एण्ड लजमा कात्तिक ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा प्रहरी चौकी मुढेबास धनकुटाबाट खटिएको प्रहरीले उनलाई चौबिसे गाउँपालिका-२ टोक्रोम्बास्थित शुक्रबारे बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन