लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट कम्तीमा ८ जनालाई पक्राउ गरेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ तिनताप्केस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ७१ किलोग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने २० वर्षीय मिलन घलान र २६ वर्षीय दावा थिङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक मिलन र बोलेरोमा सवार दावालाई पक्राउ गरेको हो ।
झापा, कमल गाउँपालिका-७ ठुलोबाह्रघरे बस्ने ३८ वर्षीय संदेश बस्नेतलाई नियन्त्रित लागुऔषध ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पासेन ५ हजार २६ क्याप्सुल र डेकोलिक ४ सय २० क्याप्सुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बाह्रघरे र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, गौरीगंज गाउँपालिका-१ भन्सार चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोबिन्द राजवंशी र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी कुन्जिबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडा कटानबाट अवैध लागुऔषध ब्राउनसुगर ६ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय कमल सिंह बन्जारा थारू र लम्किचुहा नगरपालिका-५ बस्ने ३५ वर्षीय काशिराम खड्का रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण
-
हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
-
२६ तस्बिरमा हेर्नुहोस् विराटनगरमा होलीको रौनक
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी
-
६० वर्षीय अमिरकी तेस्रो प्रेमिका गौरी को हुन् ?
-
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च