शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

लिक भइरहेछ अन्तर्राष्ट्रिय स्पेस स्टेसन, अब के होला ?

मङ्गलबार, ११ मङ्सिर २०८१, १२ : ४२
मङ्गलबार, ११ मङ्सिर २०८१

वासिङ्टन डीसी । अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) लिक भइरहेको छ । समस्या चाँहि के भइरहेको छ भने यसलाई बनाउनुको साटो अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र रुसी स्पेस एजेन्सी रसकसमस एक आपसमा झगडा गर्न व्यस्त छन् । 

यो लिकेज स्पेस स्टेसनको रुसी मोड्यूल पीआरकेमा भइरहेको हो । यो चुहावटबारे अमेरिकी र रुसी अन्तरिक्ष एजेन्सीलाई सन् २०१९ देखि नै थाहा छ । तर यो चुहावटको कारण अहिलेसम्म खोज्न सकिएको छैन ।

यसका कारण कयौं पटक स्पेस स्टेसन खतरामा पनि परेको छ । लिक भइरहेको ठाउँलाई टाल्ने कोसिस पनि गरिएको थियो । तर यसबाट कुनै फाइदा भएन । यसको गम्भीरतालाई लिएर रुस र अमेरिका एक अर्कासँग विवाद गरिरहेका छन् । यो लिकका कारण स्टेसन सन् २०३० सम्ममा काम गर्न लायक नबच्ने रिपोर्टमा भनिएको थियो । लिकेजका कारण स्वेश स्टेसनमा ठुलै विपत्ति आउने सक्ने आईएसएसको सल्लाहकार समितिका प्रमुख बब कबानाले भनेका छन् ।

हरेक दिन निक्लिरहेको छ १.१ केजी हावा

स्पेस स्टेसनमा रुसी मोड्यूलमा भइरहेको लिकेजका क्रममा हरेक दिन शून्य दशमलव ९ देखि १ दशमलव १ किग्रा हावा निक्लिरहेको र यसका कारण स्पेस स्टेसनको सन्तुलन बिग्रिरहेको नासाले भनेको छ । गएको अप्रिलमा लिकेज १ दशमलव ७ किग्रा प्रतिदिनसम्म पुगेको थियो । यसलाई ठिक गरिएन भने हावा निस्कले गति बढ्न सक्ने पनि भनिएको छ ।

स्पेस एक्सको ड्र्यागन क्याप्सुल एक्स्ट्रा प्यालेट सिट लगाएर आफ्ना अन्तरिक्ष यात्रीलाई सुरक्षित रूपमा धर्तीमा ल्याउने योजना नासाले बनाइरहेको छ । स्टेसन जवान नभएको र छिटै यसमा ठाउँ ठाउँमा दरार आउन सक्ने नासाका अन्तरिक्ष यात्री माइकल ब्यारेट भन्छन् । स्टेसन विस्फोट पनि हुन सक्ने बताइएको छ । अहिलेसम्मको प्रयास भने स्पेस स्टेसनलाई सन् २०३० सम्ममा काम गर्न लायक बनाइराख्नु छ ।

सन् २००० को नोभेम्बरदेखि स्पेस स्टेसनमा अन्तरिक्षयात्रीहरूको भिड लागिरहेको छ । हावामा तैरिरहेको यो प्रयोगशाला २५ वर्ष पुरानो हुन लागिसकेको छ । तर रुसी स्पेस एजेन्सीले यसमा चुहावटलाई ख्याल ख्यालमा लिइरहेको मानिएको छ । लिकेजका कारण स्टेसन पड्कियो भने यो हजारौँ टुक्रामा विभाजित हुनेछ । उसै त स्पेस स्टेसनलाई अन्तरिक्षमा उडिरहेका ढंगाहरूबाट पनि खतरा छ । टुक्रिएका स्याटलाइटका टुक्रा, रकेटको हिस्सा ठोक्किने खतरा पनि छ । यस्तोमा चुहावटको समस्याले खतरा अरु बढाइदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप