लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
मङ्गलबार, ११ मङ्सिर २०८१, १२ : ११
कायरो । पर्यटकहरू सवार डुङ्गा डुब्दा लाल सागरमा १६ जना बेपत्ता भएको इजिप्टका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अरू २८ जनाको भने उद्धार गरिएको छ ।
हराइरहेको मध्ये २ जना बेलायती नागरिक रहेको बताइएको छ । यस घटनामा आफ्ना एक पर्यटक हराएको फिनल्यान्डले पनि पुष्टि गरेको छ । त्यस्तै चार इजिप्शियन नागरिक बेपत्ता रहेको अधिकारीहरूले भनेका छन् ।
डुङ्गामा ४४ जना सवार थिए । यसमध्ये १३ जना क्रु मेम्बर थिए । दुर्घटनाको कारण थाहा हुन सकेको छैन । छालले डुङ्गालाई हिर्काउँदा यो पल्टिएको हुन सक्ने उद्धार गरिएका यात्रीले बताएका छन् ।
मौसम विभागले पनि आइतबार र सोमबार सामुद्रिक गतिविधि नगर्न चेतावनी दिएको थियो । डुङ्गा पाँच दिनको यात्रामा आइतबार मार्सा अलाम नजिक रहेको सी स्टोरी लेफ्ट बन्दरगाहबाट हिँडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा पृथकतावादीको आक्रमण, १८ सैनिकको मृत्यु
-
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
-
प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या !
-
मेरो र तेरो गुटको भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ ः हिमाल शर्मा
-
विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित