ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । अमेरिकामा अवैध आप्रवासीको बढ्दो आगमनप्रति आक्रोशित हुँदै ट्रम्पले यो घोषणा गरेका हुन् ।
त्यस्तै गैरकानुनी रूपमा देशमा लागु औषध भित्रिएकोमा ट्रम्पले चीनलाई दोष दिएका छन् । चीनमा थप १० प्रतिशत कर लगाउने कुरा उनले गरेका छन् ।
जनवरी २० मा पदको शपथ लिएपछि सबैभन्दा पहिला क्यानडा, चीन र मेक्सिकोबाट आउने सामानमा कर लगाउने सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा शेयर गरिएका कयौँ पोस्टहरूमा ट्रम्पले बताएका छन् । मेक्सिको र क्यानडाबाट हजारौँ मानिस अमेरिका प्रवेश गरिरहेको र उनीहरूले आफूसँगै लागु औषध र अपराध ल्याइरहेको पनि ट्रम्पले पोस्टमा लेखेका छन् ।
चाहे भने क्यानडा र मेक्सिकोले यी अवैध आप्रवासीहरूलाई रोक्न सक्ने र उनीहरूसँग त्यसो गर्ने शक्ति पनि भएको ट्रम्पको भनाई छ । तसर्थ, क्यानडा र मेक्सिकोबाट आउने उत्पादनहरूमा २५ प्रतिशत कर लगाइने र क्यानडा अनि मेक्सिकोले आफ्नो सीमाबाट अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीहरूलाई नरोक्दासम्म उनीहरूले भारी शुल्क तिर्नुपर्ने ट्रम्पले उल्लेख गरेका छन् ।
- लागु औषध फेन्टानिल चीनबाट आउने
चीनलाई निशाना बनाउँदै ट्रम्पले चीनबाट ठुलो मात्रामा लागु औषध विशेष गरी फेन्टानिल अमेरिकामा आउने गरेको बताए । उनले यसअघि पनि चीनसँग लागु औषधको मुद्दा उठाएका थिए ।
चीनले पनि लागु औषध कारोबारीलाई कडा कारबाही गर्ने कुरा पनि गरेको थियो । तर यति हुँदा हुँदै अमेरिकामा फेन्टानिल लागु औषधको ओसारपसार जारी छ । लागु औषधको आपूर्ति रोक्न नसकेकोले आफ्नो सरकारले चिनियाँ सामानमा अरू १० प्रतिशत कर लगाउने ट्रम्पले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै
-
विद्युत् प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्दै
-
सगरमाथा संवादका लागि प्रधानमन्त्रीले बढाए सक्रियता
-
एनआरएनए विवादसम्बन्धी दुई मुद्दा हेर्न नमिल्नेमा
-
इन्टर मियामीका प्रशिक्षक मास्चेरानोले लिए हारको जिम्मेवारी
-
लिङ्देनले घटना विषयान्तर गर्न रक्सी चोरेको प्रसङ्ग उठाए : सांसद गौतम