मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया

मङ्गलबार, ११ मङ्सिर २०८१, १२ : ००
मङ्गलबार, ११ मङ्सिर २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्लबमध्येको एक कर्णाली याक्सले सिसन बानियालाई आफ्नो ‘युथ ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली चलचित्र क्षेत्रमा चर्चित छन् ।

ज्ञानेन्द्र मल्ल प्रमुख प्रशिक्षक र सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्सले एनपीएलका लागि हालसम्म चारजना विदेशी खेलाडी टोलीमा अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो ।

यसैगरी, कर्णाली याक्सको टोलीमा विदेशी खेलाडीका रुपमा वेस्ट इन्डिजबाट टेस्ट क्रिकेट खेलिसकेका चादविक वाल्टन, हङ्कङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुद पनि रहेका छन् ।

टोलीमा नेपालको राष्ट्रिय टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका गुल्सन झा, देव खनाल र नन्दन यादव पनि छन् । टोलीमा अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रम सिंह ठकुरी र दीपक डुम्रे पनि रहेका छन् ।

कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट भने विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा टोलीमा छनोट गरेको छ । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको थियो ।

कर्णाली याक्स हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिको स्वामित्वमा रहेको क्लब हो । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । 

S B

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप