३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
![३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड](https://npcdn.ratopati.com/media/news/yarsha_pcszoK3ka8.jpg)
काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यार्सागुम्बा निर्यात हुँदा साढे १२ करोड भित्रिएको छ । सो अवधिमा ३३४ किलो यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै ५ करोड २६लाख ३१ हजार रुपैयाँ बराबरको ८० किलो यार्सागुम्बा हङकङमा निर्यात भएको छ । दोस्रो चीनमा ३ करोड ४० लाख ९६ हजारको १२८ किलो, तेस्रो १ करोड ५५ हजार रुपैयाँको ५३ किलो यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ ।
यसैगरी ८९ लाख ८४ हजार रुपैयाँको १२ किलो यार्सागुम्बा सिङ्गापुर, अमेरिकामा ८३ लाख ६० हजार रुपैयाँको १४ किलो, ६४ लाख २९ हजारको २४ किलो भियतनाम, २१ लाख ४४ हजार रुपैयाँको ६ किलो मलेसिया, बेलायतमा १९ लाख ९८ हजार रुपैयाँको १८ किलो र ३ लाख ३५ हजार रुपैयाँको जापानमा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध हतियारसहित २ जना पक्राउ
-
सचिव भ्रष्टाचारी ठहर भएपछि प्रदेशसभाको कामु सचिवको जिम्मेवारी अमात्यलाई
-
जथाभाबी रुख काट्नेलाई कारबाही गर्न पोखराका संरक्षणकर्मीहरूको माग
-
भ्रमको खेती र वास्तविक तथ्य भन्दै शंकर पोखरेलले दिए विपक्षीलाई दोष
-
जर्मनीमा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २८ जना घाइते
-
१ खर्ब ५७ करोड डलरको कम्पनीका सीईओ प्रतिवर्ष ७६ हजार डलर मात्र किन कमाउँछन् ?