रमेशनाथ पाण्डेसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रको पचास वर्ष लामो अनुभव छ । उनी पूर्वपरराष्ट्र मन्त्री हुन् । उनको ‘कूटनीति र राजनीति’ पुस्तकसमेत प्रकाशित छ ।
उनै पाण्डेसँग नेपालको परराष्ट्र नीति, नेपाल–भारत सम्बन्ध र नेपालका प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलगायतका विषयमा रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश–
मुलुकका ठुला राजनीतिक दल मिलेर बनेको सरकार पनि टिक्छ कि टिक्दैन भन्ने आशङ्का कसरी बढ्यो ?
नेपालमा कुनै सिद्धान्त, आदर्श, कुनै घटनाबाट, कुनै दुर्घटनाबाट सरकार बनेको हुँदैन । नितान्त व्यक्तिगत स्वार्थबाट, नितान्त तीन–चार जनाको सत्ता लिप्साबाट प्रभावित हुने गरेको छ । प्रधानमन्त्री हुने चाहना राख्नेको कुनै मिसन पनि छैन, उद्देश्य पनि छैन । मात्र लेनदेनको कुरा हुन्छ ।
सैद्धान्तिक आधारविना सरकार बन्ने हुँदा सबैमा अविश्वास छ । एक न एक पटक सबैले सबैलाई धोका दिएका छन् ।
स्थायित्वसँग सरकारको आयुको के सम्बन्ध ? चाँडोचाँडो सरकार परिवर्तन हुने देशमा राजनीतिक स्थिरता छ र ? कतिपय युरोपियन देश, बेलायत, जापानमा सरकार त परिवर्तन भइरहेकै छन्, त्यहाँ त स्थायित्वको कुरा उठाइँदैन । नेपालमा मात्र किन स्थायित्वको कुरा उठाइन्छ ?
जुन कारणले हाम्रा संस्थाहरू निकम्मा भएर गए, जुन ढङ्गबाट राष्ट्र कमजोर भएर गयो, हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरू बिग्रिएर गए, हामी एक्लिएर गयौँ, जनतामा निराशा फैलिएर गयो ।
राज्यका निकाय अस्थिर छन् । तिनमा राजनीतिकरण गरिएको छ । यिनमा उत्तरदायित्व लिने आँट घटेर गएको छ । हाम्रोमा पालो पुर्याउने चलन छ । तेस्रो कार्यकाल प्रधानमन्त्री चलाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य मन्त्रालयमा कुनै परिवर्तन गरेका छैनन् त । हामीले अनुभवी मानिसहरूलाई अवकाश दिने काम गर्यौँ । हामी राज्य सञ्चालनमा सहयोग गर्ने संस्था बनाउनेतिर नै लागेनौँ ।
त्यो अस्वाभाविक थिएन । कांग्रेस र एमाले पार्टीहरू सभापति/अध्यक्षको अधीनमा छन् । उनीहरूले निर्णय गरेपछि त्यो निर्णय कार्यान्वयन हुन्छ । त्यसले गर्दा सरकार बलियो हुन्छ भन्ने जनतामा लाग्यो अनि आशा गर्नु स्वाभाविकै थियो ।
म बडो खिन्न छु । पचास वर्षको मेरो वैदेशिक मामिलाको अनुभवमा यति खिन्नता अनि राष्ट्रले यति लज्जित हुनुपर्ने अवस्था कहिल्यै पनि अध्ययन र अनुभव पनि गरिनँ ।
जुन कारणले हाम्रा संस्थाहरू निकम्मा भएर गए, जुन ढङ्गबाट राष्ट्र कमजोर भएर गयो, हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरू बिग्रिएर गए, हामी एक्लिएर गयौँ, जनतामा निराशा फैलिएर गयो, त्यसलाई चिरेर जाने काममा उहाँहरूको रुचि नै मैले पाइनँ ।
सङ्ख्या, समर्पण, ऊर्जा, आकाङ्क्षा र भविष्यप्रतिको जिम्मेवारीका कारणले नयाँ पुस्ता हतारिएको र निराश पनि छन् । उनीहरूको चाहना, आकाङ्क्षा, हकको सम्बोधन गर्न सकेनौँ । तिम्रो भविष्य नेपालमा छ भनेर विश्वास दिलाउन सकेनौँ । तिम्रो प्रतिभाको, तिम्रो लगनको आधारमा तिमी प्रगति गर्न सक्छौ भन्ने दृष्टान्त दिएर विश्वास दिलाउन सकेनौँ भने त्यो जमात क्रोधित भएर जान्छ । त्यसको क्रोधलाई थेग्न सक्ने सामर्थ्य संसारमा कसैको पनि हुँदैन ।
म बडो खिन्न छु । पचास वर्षको मेरो वैदेशिक मामिलाको अनुभवमा यति खिन्नता अनि राष्ट्रले यति लज्जित हुनुपर्ने अवस्था कहिल्यै पनि अध्ययन र अनुभव पनि गरिनँ ।
भ्रमण पटक–पटक भयो भने सम्बन्ध राम्रो हुने, दश वर्षसम्म भ्रमण भएन, निम्ता आएन भने सम्बन्ध एकदम खराब हुने हुन्छ र ?
यो विषयमा म प्रवेश नै गर्न चाहन्नँ । हामी कति कमजोर भइसक्यौँ, यसले मानसिक रूपमा हाम्रो अवस्था कस्तो छ भनेर पनि देखाउँछ । पूरै दक्षिण एसिया उपनिवेश भएको अवस्थामा पनि त्यो बेलाको महाशक्ति बेलायतसँग हाम्रो सम्बन्ध सुमधुर थियो । त्यस्तो अवस्थामा पनि नेपालले बेलायतको भ्रमण पूरा गरेर दौत्य सम्बन्ध नै नरहेको, त्यसमा पनि बेलायतको प्रतिद्वन्द्वी देश फ्रान्सको भ्रमण गर्थ्यो । त्यस्तै दौत्य सम्बन्ध नै नभएको अमेरिकामा मिलिटरी डेलिगेसन पठाएर राष्ट्रपतिसँग भेट गराउँथ्यो । त्यस्तो देश नेपालले कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर त्यहाँसम्म गिर्नुपर्ने अवस्था आयो ।
भ्रमण पटक–पटक भयो भने सम्बन्ध राम्रो हुने, दश वर्षसम्म भ्रमण भएन, निम्ता आएन भने सम्बन्ध एकदम खराब हुने हुन्छ र ? फेरि न्यूयोर्कमा भेट्दा हाम्रा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग त्यस्तो के एजेण्डा राख्नुभयो र भारतले नबोलाई नहुने भयो ? औचित्य कसरी पुष्टि गर्नुभयो ?
चीनसँग सबभन्दा निर्भर गर्ने राष्ट्र उत्तर कोरिया । त्यहाँका वर्तमान राष्ट्रप्रमुखले कति वर्षसम्म चीनको भ्रमण नै गर्नुभएन तर पनि सम्बन्धमा त केही फरक परेन ! आत्मीयता त कम भएन ! भ्रमणसँग यसको के सम्बन्ध छ ?
हाम्रो प्रधानमन्त्रीलाई विदेश भ्रमण नगरी नहुने आवश्यकता किन पर्यो ? भ्रमण भनेको एजेण्डाका लागि हुन्छ । उद्देश्यका लागि हुन्छ । कुन एजेण्डाका लागि नगइ नहुने अवस्था पर्यो ? सहसचिव, उपसचिवको तहबाट टुङ्गिने विषयमा प्रधानमन्त्रीको स्तरमा गइदिन्छ ।
अर्थ छैन होइन, सारै चिन्तापूर्ण अर्थ छ । त्यो अर्थ के हो भने नेपाल किन त्यति कमजोर भएको ? नेपालले किन आत्मसम्मान गुमाएको ? नेपालको प्रधानमन्त्रीलाई किन हतारो भएको ? देशमा यत्रो विकराल अवस्था छ । त्यसमा प्रधानमन्त्रीलाई किन चिन्ता छैन ? आन्तरिक अवस्था, शासकीय अवस्था कमजोर भएको अवस्थामा भारत र चीन किन जानै पर्यो ?
भ्रमण सेरोमोनियल नभइ यो समस्या समाधान गर्न जाने, यो उद्देश्य हासिल गर्न जाने भनेर कङ्क्रिट उद्देश्य हुनुपर्छ ।
नेपाल कुलतमा लाग्यो । अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने दायित्व राज्यका निकायहरूका हातबाट झिक्यौँ ।
परराष्ट्र मामिलामा सरकारको प्रतिनिधित्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले गर्छ । अरु मन्त्री र पार्टीका नेताहरूले त्यसमा प्रवेश गर्नु हुँदैन । दुर्भाग्यवस् यहाँ हरेक पार्टीका परराष्ट्र नीति छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा प्रमुख राजनीतिक दलहरू विभाजित भए । सरकार र प्रमुख दलहरू बिचमा मुख फेरियो भने देशले विपत्ति भोग्नुपर्छ ।
नेपाल कुलतमा लाग्यो । अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने दायित्व राज्यका निकायहरूका हातबाट झिक्यौँ ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा, छिमेकीहरूको सम्बन्धमा कोचाहिँ अन्तिम अधिकारी हो ? कसले भनेको र कसले गरेकोमा विश्वास गर्ने हो भन्ने कुरामा ‘कन्फ्युजन क्रिएट’ गरिएको छ । अविश्वास बढेर गएको छ ।
अन्तर्राष्ट्रिय समुदायहरूले नेपालको अन्तिम अधिकारी को हो ? कसले भनेकोचाहिँ नेपालले भनेको हुन्छ भनेर पत्याउने भनेर उनीहरू कन्फ्युजनमा छन् ।
सम्बन्ध चिसिएर गएको छ । त्यसलाई ‘वार्मअप’ गर्ने काम भएको छैन ।
नेपालले इण्डिया कार्ड वा चाइना कार्ड खेल्न लाग्यो भन्ने कुराको आरोप प्रतिपक्षले लगाउने जुन रोग लागेको छ, त्यो रोगले मुलुकलाई धेरै ठुलो नोक्सानी गर्छ ।
नेपालको परराष्ट्र नीति नै छैन । नेपाल सारै ठुलो अलमलमा छ ।
त्यो विश्लेषण तपाईँलाई थाहा होला । नेपाल सरकारले नेपाल कार्ड प्रयोग गर्नुपर्छ । यो कार्ड खेल्न लाग्यो, त्यो कार्ड खेल्न लाग्यो भनेर नेपालको राष्ट्रिय राजनीतिको स्वामित्वलाई कमजोर बनाउने कुरा हो ।
मलाई थाहा छैन । त्यो उहाँलाई नै सोध्नुस् । सोध्नुभएन ?
नेपालको परराष्ट्र नीति नै छैन । नेपाल सारै ठुलो अलमलमा छ ।
प्रतिक्रिया