इमरान खानका हजारौँ समर्थक इस्लामाबादमा, सरकारले बोलायो सेना
मङ्गलबार, ११ मङ्सिर २०८१, ११ : ४५

इस्लामवाद । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ताहरूले जेलमा रहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गरिरहेका छन् । सोमबार नै पीटीआईका कार्यकर्ताहरूको जमात इस्लामाबादको सीमामा प्रवेश गरेको थियो ।
आन्दोलनकारीलाई रोक्न सरकारले सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी–चोक पुग्नु हो ।
इस्लामवाद प्रशासनले पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत कानून र व्यवस्था बहाल गर्न सेना बोलाएको छ । इस्लामवादका उपयुक्त इरफान मेमनले बीबीसी संवाददाता शहजाद मलिकलाई यस कुराको पुष्टि गरेका छन् । यसै वर्षको जनवरीमा इस्लामवादको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको थियो । यसबाहेक उनलाई २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब