शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

चुनाव जितेपनि कीर्तिपुर नै बढार्ने होः राजमान (भिडियोसहित)

मङ्गलबार, ११ मङ्सिर २०८१

सरसफाइ अभियन्ताको पहिचान बनाएका राजमान महर्जन (मानव)को यात्रा राजनीतितर्फ पनि होमिएको छ । आफूलाई थर भन्दा पनि सिङ्गो मानव समुदायको मानक बनाएर उभ्याउने प्रयासमा रहेका उनै राजमान कीर्तिपुर नगरप्रमुख बन्न चुनावी मैदानमा दौडिएका छन् ।

मंसिर १६ गते कीर्तिपुरको रिक्त रहेको नगरप्रमुख पदका लागि उपनिर्वाचन हुँदै छ। मानव पनि उपनिर्वाचनका लागि उम्मेदवार बनेर घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले कुनै राजनीतिक दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका हुन् । 

दलको जस्तो उनको बुँदागत प्रतिबद्धता पनि छैन । उनले नगरपालिकाले उठाउँदै आएको कर ३० देखि ५० प्रतिशत सम्म घटाउने तथा स्वास्थ्य सेवालाई निःशुल्क बनाउने प्रतिबद्धतामा लेखेका छन् । यस्तै कीर्तिपुर नगरपालिकालाई नमुना सहरको रूपमा विकसित गर्ने तथा गराउने प्रतिबद्धता पनि उनको छ । 

नेवा: लहना विश्व सरसफाइ अभियानका अभियन्ता मानवलाई धरान उपमहानगरपालिका हर्क साम्पाङले साथ दिइरहेका छन् । यसबाहेक बालेन‚ गोपी हमाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ दिउन् भन्ने जनताको पनि अपेक्षा रहेको बताए । 

उनी अभियन्ताबाट राजनीतिज्ञ बन्न खोजेको भन्ने विषय पनि स्वीकार गर्दैनन् । देशमा अभियानले बिन्ती गर्न पाइने भन्दै उनी समाज व्यवस्थापनका लागि अभियानले मात्र नपुग्ने तर्क गर्छन् । अभियान प्लस कानुन भयो भने मात्र समाज व्यवस्थापन हुने तर्क उनको छ । उनी आफूले जिते नमुना र सफा सुन्दर सहर कसरी बन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने बताउँछन् । 

‘म मेयर भएर पनि विश्व नै बढार्ने हो नेपाल नै बढार्ने हो‚’ उनले भने‚ ‘यो कीर्तिपुर नै बढार्ने हो‚ यो नै अन्तिम लक्ष्य हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया