लेबनानमा युद्धविराम सम्झौताबारे छलफल गर्न इजरायलकाे मन्त्रीपरिषद् बैठक बस्दै
तेल अभिभ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहसँगको लडाई अस्थायी रूपमा रोक्न युद्धविरामको प्रस्तावमाथि छलफल गर्न इजरायलको मन्त्री परिषद्ले छलफल गर्ने भएको छ । प्रस्तावित युद्धविराम सुरुमा ६० दिनको लागि हुनेछ । यसमा लेबनानबाट इजरायली सेना फिर्ता ल्याउने विषय पनि संलग्न भएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
यसको बदलामा हिजबुल्लाहले लितानी नदीको दक्षिणमा रहेका आफ्ना लडाकुहरू फिर्ता लैजाने बताइएको छ । यसको सट्टामा त्यहाँ लेबनानी सेनालाई राखिनेछ । सम्झौता पक्का भइसकेको भनेर कूटनीतिज्ञहरूले बताएको भएपनि दुई पक्षबीच भीषण लडाई चलिरहेको छ । इजरायलले गरेको हवाई हमलामा दक्षिण लेबनानमा ३१ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले भनेका थिए । हिजबुल्लाहले पनि इजरायलमाथि एक पछि अर्को गर्दै रकेट प्रहार गरिरहेको छ ।
मंगलबार बस्ने मन्त्री परिषद्को बैठकमा इजरायली मन्त्रीहरूले सम्झौतामा मतदान दिने अपेक्षा गरिएको भन्दै इजरायली पत्रिका हारित्जले समाचार छापेको छ । बैठक सम्झौताको मूल पाठलाई अनुमोदन गर्न बस्न लागेको इजरायली वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो
-
बाँदरको बन्ध्याकरणका लागि ऐन, कानुन बनाउन विज्ञको सुझाव
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित
-
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न