इन्डियन प्रिमियर लिगको मेगा अक्सनपछि एकाएक करोडपति बने १३ वर्षीय वैभव

काठमाडौँ । विश्वकै लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन सोमबार सकिएको छ । मेगा अक्सनमा आईपीएल क्लबहरुले खेलाडी खरिदका लागि ठुलो रकम खर्च गरेका छन् ।
मेगा अक्सनपछि एक भारतीय खेलाडी अहिले निकै चर्चामा छन् । मेगा अक्सनपछि १३ वर्षीय वैभव सूर्यवंशी एकाएक करोडपति बनेका छन् । मेगा अक्सनमा उनलाई राजस्थान रोयल्सले एक करोड १० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
न्युनतम मूल्यभन्दा निकै बढी रकममा उनलाई राजस्थानले खरिद गरेको हो । वैभव आईपीएलको मेगा अक्सनमा बिक्री हुने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । केवल १३ वर्षको उमेरमै उनले भारतको यू–१९ टोलीबाट उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।
मेगा अक्सनमा वैभवलाई खरिद गर्न राजस्थानका अतिरिक्त दिल्ली क्यापिटल्सले पनि बोली लगाएको थियो । तर, अन्त्यमा राजस्थानले नै बाजी मार्यो । मेगा अक्सनमा वैभवमाथि पहिलो बोली भने दिल्लीले लगाएको थियो ।
तर, दिल्ली एक करोड रुपैयाँभन्दा अगाडि बढ्न चाहेन । त्यसपछि राजस्थानले एक करोड १० लाख रुपैयाँको बोली लगाउँदै वैभवलाई टोलीमा आबद्ध गर्यो । वैभव सूर्यवंशीको न्युनतम मूल्य भने ३० लाख रुपैयाँ राखिएको थियो ।
वैभवको घर विहारमा पर्छ । उनले सन् २०२३ को रणजी ट्रफीमा ‘डेब्यू’ गरेका थिए । उनले केवल १२ वर्ष दुई सय ८४ दिनमा रणजी ट्रफी खेलेका थिए । वैभवले भारतको यू–१९ टोलीबाट खेल्दै शतक पनि प्रहार गरिसकेका छन् ।
उनले अस्ट्रेलियाको यू–१९ टोलीविरुद्ध शतक प्रहार गरेका थिए । त्यो खेलमा उनले केवल ६२ बलमा एक सय चार रन बनाएका थिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन