मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
मङ्गलबार, ११ मङ्सिर २०८१, ०८ : ३१

रौतहट । रौतहटस्थित सन्तपुर मेलामा रक्सी पिएर मारपिट गर्ने ५ जना मानिसलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। चन्द्रपुर नगरपालिका ४ का वर्ष २० को सागर चौधरी, वडा २ का वर्ष २१ को प्रकाश बहादुर कटुवाल, वडा ७ का वर्ष २१ को राजेश थापा मगर, अरुण राना मगर र गुजरा नगरपालिका २ का वर्ष २६ को सुजन तामाङ लाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।
उनीहरूमाथि सोमवार अभद्र व्यवहार मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए।
सन्तपुर मेलामा आइतबार राति साढे १२बजेको समयमा चन्द्रपुर ४ बस्ने सौकत अन्सारीलाई कुटपिट गरी बियरको बोतलले समेत प्रहार गरिरहेको अवस्थामा मेला सुरक्षामा खटिएको प्रहरी टोलीले उनीहरू पाँचै जनालाई पक्राउ गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, दुई जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
-
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुख्यमन्त्री कप भलिबल आजदेखि, प्रथम हुनेले तीन लाख पाउने