न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
मङ्गलबार, ११ मङ्सिर २०८१, ०४ : ३६
![न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार](https://npcdn.ratopati.com/media/news/newca_1L9U1ZZggj.jpg)
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडले न्युक्यासल युनाइटेडलाई हराएको छ । सोमबार राती न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा वेष्टह्यामले २–० को जित निकालेको हो । वेष्टह्यामलाई विजयी गराउन थोमस सौसेक र एरोन वान बिसाकाले एक-एक गोल गरे ।
यो जितले वेष्टह्यामलाई राहत मिलेको छ भने न्युक्यासललाई च्याम्पियन्स लिग जोन नजिकबाट तल झारेको छ । खेलपछि न्युक्यासलका प्रबन्धक एडी होवेले भनेका छन्, ‘जतिबेला हामी हावी थियौं, पहिलो हाफअघि बराबरी गर्न सकेको भए खेलको नजिता अलगै हुने थियो ।’
हालैको हप्तामा आफुहरुले उत्कृष्ट बचाउ गरेको सुनाउँदै उनले हाम्रा केही व्यक्तिगत गल्तीले अस्वभाविक नजिता व्यहोर्नु परेको हो, भने । १२ खेलबाट १५ अंक जोडेको वेष्टह्याम १४ औं नम्बरमा छ भने न्युक्यासल १८ अंकका साथ दशौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता