प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको देशको लागि हो कि तीर्थयात्रामात्रै हो ? भन्दै प्रश्न गरेका छन् । आजबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सिङ्गो देश र जनतालाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रश्न उठाए ।
साहले अहिले विश्वसामु नै नेपालको इमेज खस्किँदै गएको टिप्पणी गरे । उनले भने- ‘आज विश्वसामु नेपालको इमेज खस्किँदै गइरहेको छ । यो सरकारको व्यक्तिवादी र निहित स्वार्थ अनि सोचको कारण यस्तो अवस्था भएको हो । छिमेकीहरूसँगको हाम्रो सम्बन्ध पनि धराशायी हुँदै छ । हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्योलमा छौँ । प्रधानमन्त्रीको भ्रमण एउटा व्यक्तिगत भ्रमण हुने, निहित स्वार्थमा हुने कि देश र जनताको लागि भ्रमण हुने ? यो गम्भीर प्रश्न खडा छ । अहिले नेपालको विभिन्न देशसँगको कूटनीतिक सम्बन्ध कमजोर हुँदैछ । ध्वस्त हुँदैछ ।’
पूर्वमन्त्री साहले मुलुकमा यति वेला लोकतन्त्र विरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरे । देशको बागडोर सम्हालेको सरकार प्रमुखको गतिविधिकै कारण यस्तो अन्योलपूर्ण अवस्था सिर्जना भएको साहको टिप्पणी छ ।
उनले भने,‘देशमा यति वेला लोकतन्त्र विरोधी गतिविधि दिनानुदिन बढ्दो छ । सुरक्षाको जिम्मा पाएको सरकारबाट नै जनता असुरक्षित छन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकार यति वेला मजाक बनेको छ । अहिले त सरकारले जे पनि गर्ने तर जनताले विरोध पनि गर्न नपाउने अवस्था बनाइएको छ । सडकमा नागरिकले शान्तिपूर्ण आन्दोलन गर्दा अपराधी हुने, तर प्रधानमन्त्रीले सडकमै मञ्च बनाएर सभा गर्दा महान् हुने ?’
साहले सरकारको नेतृत्वमा बसेका दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) कानुनभन्दा माथि बन्न खोजेको आरोप लगाए ।
उनले भने, ‘अहिले कानुनले एमाले र कांग्रेसलाई छुँदैन । अस्ति एमालेले त्यत्रो सडकमा फोहोर गर्यो, उसले त्यो सफा गर्ने दायित्व पनि ठानेन । काठमाडौँ महानगरपालिकाले कानुनअनुसार जरिवाना तोक्दा पनि स्वीकार्य भएन । किनकि एमाले र कांग्रेस अहिले कानुनभन्दा माथि छन् भन्ने सन्देश प्रवाह भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको, कांग्रेस र एमालेको त आलोचना नै गर्नुहुँदैन, यदि आलोचना गर्यो भने मुद्दा लागिहाल्छ । साइबर क्राइम थेग्नुपर्छ । प्रधानमन्त्री ओलीको आलोचना गर्दा र प्रश्न उठाउँदा त्यसको छानबिन हुनुपर्ने हो, तर आज कानुनी शासनको उपहास हुँदै छ ।’
साहले वर्तमान कांग्रेस–एमालेको सरकार जग नै अलोकतान्त्रिक भएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध