सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

राजविराज । केही वर्ष अघिसम्म सरकारी विद्यालय भन्ने बित्तिकै विद्यार्थी मात्र होइन अभिभावक पनि हिच्किचाउने गर्थे । खडक नगरपालिका–७ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा पनि केटाकेटी पढाउन अभिभावक त्यसैगरी हिच्किचाउँथे । विद्यालयको भौतिक संरचनाका कारण पनि विद्यार्थी विद्यालयमा आकर्षित हुन सकेका थिएनन् ।
हाल विद्यालयको भौतिक संरचना मर्मत गरी रङ लगाएर चिटिक्क पारिएको छ । विद्यार्थीको सङ्ख्या पनि भरिभराउ छन् । यहाँ निजी विद्यालयमा महङ्गो शुल्क तिर्न नसक्ने र कम आयस्रोत भएका अभिभावकले छोरोछोरी यही विद्यालयमा भर्ना गरेका छन् । उचित व्यवस्थापन र शिक्षकको मेहनतका कारण यस विद्यालयमा अभिभावक र विद्यार्थीको आर्कषण बढेको हो ।
‘सेभ द चिल्ड्रेन’को सहयोगमा समुन्नति परियोजना अन्तर्गत सबल नेपाल नामक संस्थाले विद्यालयको जीर्ण भवन मर्मत गरिदिएको हो । बालविकासदेखि कक्षा ७ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन ओटा शौचालय, कार्यालय भवन, भान्सा घरसहित विद्यार्थी बस्ने कोठालगायत गरी ११ वटा कोठा मर्मत गरेको सबल नेपालका परियोजना संयोजक रोशनकुमार मण्डलले जानकारी दिए ।
गत वर्षसम्म दुई सय २० विद्यार्थी अध्ययनरत यस विद्यालयमा यस वर्ष विद्यार्थी सङ्ख्या थपिएर चार सय ११ पुगेको विद्यालयका प्रधानअध्यापक लक्ष्मीप्रसाद विश्वकर्माले बताए । पूर्व–पश्चिम राजमार्गसँगै उत्तरपट्टी कलयानपुुरमा रहेको यस विद्यालयमा निजी विद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि अभिभावकहरुले धमाधम निजी विद्यालयबाट छोराछोरी निकालेर यहाँ भर्ना गर्न थालेका छन् । विसं २०५० मा स्थापना भएको यस विद्यालयको नतिजा राम्रो देखिएपछि विद्यार्थीको चाप बढेको विद्यालयका शिक्षिका दिपमाला विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल