साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
काठमाडौँ । देवकोटा लुसुन प्रज्ञा पुरस्कार साहित्यकार डा गोमादेवी शर्मा अधिकारी र साहित्यिक संस्था, चिया कवितालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान काठमाडौँले यस वर्षको देवकोटा–लुसुन प्रज्ञा पुरस्कार मणिपुर भारतका साहित्यकार डा शर्मा र सिक्किमको साहित्यिक संस्था, चिया कवितालाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौड्यालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको महासचिव सीता शर्माले जानकारी दिइन् । पुरस्कारको राशि रु ५० हजार रहेको छ । पुरस्कृत डा शर्मा हिन्दी नेपाली साहित्य लेखन, अनुवाद र पाठ्यक्रम निर्माणमा संलग्न छिन् । उनी तेजपुर विश्वविद्यालयका सहायक प्राध्यापक हुन् ।
चिया कविता संस्थाले स्वदेश र विदेशमा साहित्यिक यात्रा गरी नेपाली साहित्यको विकासमा योगदान दिएको भन्दै प्रतिष्ठानले पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका महासचिव शर्माकाअनुसार आगामी फागुनमा भारतको सिक्किममा हुने विशेष समारोहमा प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष