मन्त्रिपरिषद् बैठक
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
सोमबार, १० मङ्सिर २०८१, १९ : ३३

काठमाडौँ । सरकारले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको थियो ।
गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।