सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

प्रहरी ऐन छलफलका लागि विधायन समितिमा  पठाउने निर्णय

सोमबार, १० मङ्सिर २०८१, १९ : ३३
सोमबार, १० मङ्सिर २०८१

काठमाडौँ । सरकारले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा  पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा  पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

यसअघि आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको थियो । 

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप