कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
जापानमा आयोजित इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । मन्त्री पनि उनीहरूसँगै डिर्पोट भएर नेपाल आएपछि यो घटना सार्वजनिक भएको थियो ।
उनले पदबाट राजीनामा पनि दिएपछि अनुसन्धान अघि बढेको थियो । लगत्तै उनलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरिएको थियो । मानव तस्करीमा अनुसन्धान हुनुपर्ने दबाब सार्वजनिक रूपमा आउन थालेपछि प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएपछि बयान गराइएको थियो । उनीसहित पक्राउ परेका सबैको बयानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा दायर नगर्ने निर्णय गरेको थियो । उनले क्लिन चिट पाएसँगै रिहा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश आर्थिक मामिला मन्त्रालय कमजोर र निरीह भयो : आङ्बो
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
गोकर्णेश्वरमा महिलाको हत्या, नाबालकसहित ५ जना पक्राउ
-
तिलोत्तमा गोल्डकप चैत ९ गतेदेखि हुने
-
सरकारी लेटरहेडमै पूर्वराजालाई 'श्री ५' को सम्बोधन, मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण
-
भारतले किन घटायो अमेरिकी वस्तुमा लगाएको भन्सार महसुल ?