सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा

काठमाडौँ । सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अण्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् ।
उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन आज तोरणले राम्रो सुरुवात गरे । बोगी रहित फ्रन्ट नाइन खेले । तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । यसपछि दशौं होलमा एक सट खेर फाले । तर यसपछि १२ औँ, १३औँ र १५ औँ होलमा एक–एक सट बचाएर ब्याक नाइन २–अण्डर ३४ मा सकाए । यसरी पहिलो दिन ६ बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्षस्थानमा रहे ।
नेपाल नम्बर एक प्रो भुवनले पनि फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे । पहिलो, तेस्रो र सातौँ होलको बर्डीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । उनले ब्याक नाइनमा तीन बर्डी प्रहार गरेपनि दुई बोगी खेपे । ब्याक नाइनमा मात्र १–अन्डर ३५ को स्कोर निकाले। १०औँ, १६औँ र १७ औँ होलमा एक–एक सट बचाए । तर १४ औँ र १८ औँ होलमा बोगी प्रहार गरे । ब्याक नाइनको दुई बोगीको कारण उनले शीर्षस्थान गुमाए ।
सुनिल केसीले शुरूवात भने राम्रो गर्न सकेनन् । उनले फ्रन्ट नाइन १–ओभर ३७ मा पूरा गरे । पाँचौँ र छैटौँ होलमा एक–एक सट खेर फाले भने सातौँ होलमा बर्डी प्रहार गरे । यसपछि ब्याक नाइनमा आज उनले सानदार प्रदर्शन गरे । ११ औँ देखि १४ औँ होलमा लगातार चार बर्डीको सफलता प्राप्त गर्दा १८ औँ होलमा पनि एक सट बचाए। ब्याक नाइन ५–अन्डर ३१ मा पूरा गर्दा ४–अन्डर ६८ को स्कोरकार्ड तयार पारे ।
प्रतियोगितामा ३–अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे। यस्तै २–अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा पाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन। एमेच्योरतर्फ राहुल २–अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे । १–ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन। डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभाव आचार्य भने २–ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।
चार दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र १३ प्रोफेसनल गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ ।
३६ होलपछि कट लागू हुनेछ । प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत