मन्त्रिपरिषद् बैठक
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
सोमबार, १० मङ्सिर २०८१, १८ : ५८
![धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त](https://rpcdn.ratopati.com/media/albums/Dhitopatra_Dq895FJmzY.jpg)
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले आइतबार श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीलाई सिफारिस गरेको थियो । योसँगै अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ ।
अध्यक्षमा नियुक्त भएका श्रेष्ठ तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा थिए । उनी यसअघि स्वाभिमान लघुवित्तको अध्यक्ष समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)