हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट

काठमाडौँ । कुनै पनि गम्भीर रोगबाट सुरक्षित रहनका लागि शरीरका लक्षणहरूमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी हुन्छ । सानै उमेरमा मानिसमा दीर्घकालीन रोगको जोखिम बढ्दै गएको अवस्थामा त पहिलेदेखि नै आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ ।
समयमै रोग पत्ता लगाउन चिकित्सकको सल्लाह नियमित लिइरहनुपर्छ । पहिले पनि कुनै रोग लागिसकेको व्यक्तिहरूले त अझ बढी सावधानी अपनाउनुपर्छ ।
आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहनुहुन्छ र रोगबाट टाढा रहन चाहन चाहनुहुन्छ भने तपाईँले केही प्रकारको परीक्षण गर्नु आवश्यक छ । तपाई स्वस्थ नै हुनु हुन्छ भने पनि केही परीक्षण चाँहि गराउनुपर्छ ।
नियमित रूपमा गराउनुस् आफ्नो स्वास्थ्य जाँच
पछिल्लो समय अधिकांशले आफ्नो जीवनशैली र खानपानमा गडबडी गरिरहेका छन् । यो बानीका कारण सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढेको चिकित्सकहरू बताउँछन् । २० वर्ष मुनिका मानिसहरू पनि उच्च रक्तचाप, उच्च रक्तचाप र मोटोपनाको सिकार भइरहेका छन् । यी अवस्थाहरूले शरीरका धेरै भागलाई असर गर्न सक्छ । यी समस्याहरूमा निरन्तर ध्यान दिइरहनुपर्छ । यिनीहरूलाई बढ्नबाट रोक्नु पनि महत्त्वपूर्ण छ । त्यसैले ब्लड प्रेसर र ब्लड सुगर जाँच गरिरहनुस् ।
जरुरी छ ब्लड सुगरको जाँच
मधुमेह व्यवस्थापनको लागि रगतमा चिनीको जाँच गर्नु सबैभन्दा महत्त्वपूर्ण छ । पहिले नै टाइप–१ वा टाइप–२ मधुमेह भएका व्यक्तिहरू वा इन्सुलिन लिनेहरूलाई नियमित रूपमा रगत परीक्षण गराउन सल्लाह दिने गरिन्छ । घरमै ग्लुकोज मिटरबाट तपाईँले आफ्नो रगतमा चिनीको मात्रा कति रहेछ भनेर हेर्न सक्नु हुन्छ । जो व्यक्तिका आमाबाबुलाई मधुमेह छ, उनीहरूले ३० वर्षको उमेरपछि हरेक महिना ग्लुकोज मिटरबाट र हरेक ५ महिना एचबीए१सी जाँच गराउनु पर्छ भनेर डाक्टरहरू भन्छन् ।
ब्लड प्रेसरको जाँच
रगतमा चिनीको मात्रा जस्तै ब्लड प्रेसरको स्तरमा पनि ध्यान दिनु आवश्यक छ । रक्तचापको अनियन्त्रित अवस्था मुटु, आँखा र मिर्गौलाका लागि खतरनाक हुन सक्छ । जो व्यक्तिको बाबुआमा वा परिवारमा कोही सदस्यलाई उच्च रक्तचाप वा मुटुसम्बन्धी रोगको समस्या छ भने बढी सावधानी अपनाउनुपर्छ । तपाईँ ब्लड प्रेसरको औषधि खानुहुन्छ भने एक वा दुई दिनको अन्तरालमा प्रेसर चेक गरिरहनु पर्छ । साथै, तपाईँलाई पहिले नै रक्तचापको समस्या छैन भने, प्रत्येक महिना यसमाथि निगरानी राख्न जरुरी छ ।
के भन्छन् डाक्टर ?
रगतमा चिनी र रक्तचाप दुवैलाई नियन्त्रणमा राख्ने हो भने धेरै गम्भीर र घातक स्वास्थ्य जोखिम कम गर्न सकिने डाक्टरहरू बताउँछन् । तपाईंको उमेर ३० माथि छ भने मुटु, रगतमा चिनीको मात्रा र आँखा नियमित रूपमा जँचाउनु पर्छ । परिवारमा पहिले देखि नै कसैलाई मधुमेह, रक्तचाप वा मुटुको समस्या छ भने त तपाईँ अझ बढी सतर्क हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक
-
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग
-
काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
-
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह
-
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै सावित्री
-
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि