सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई

काठमाडौँ । सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर डिजिटल वालेट कम्पनीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीको विवरण दुरुपयोग गरेको भेटिएको छ । सेवाग्राहीले बुझाएको नागरिकता र फोटो वानएक्स बेटीङ खेलाउने गिरोहलाई दिएर नयाँ खाता खोल्ने फारम स्वीकृत गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जना वालेटका कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भएका साहिल श्रेष्ठ र गोरखा घर भएका सविन कुमार कुमाल छन् । कागजत अपलोड गर्ने रामेछापका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
सुरेन्द्र चाहिँ डिजिटल वालेटका कर्मचारी होइन । साहिल र सविनले उपलब्ध गराउने कागजात अपलोड गरेर सुरेन्द्रले केवाईसी (नो योर कस्टुमर) फारम अपलोड गर्ने गरेको र उनीहरूले रुजु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरुले रुजु गरेको ५५ वटा वालेट खाता अनलाइन मार्फत सट्टेबाजी खेलाउनेहरूले प्रयोग गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
खाता रुजु गरेबापत उनीहरुले सट्टेबाजहरुसँग कमिसन लिने गरेको भेटिएको छ । कम्पनीलाई विश्वासघात गरेको आरोपमा उनीहरूलाई आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको एसएसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म