नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
काठमाडौँ । नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास (एलएनजी) आयात गर्न लागिएको छ ।
यस्तो ग्यास आयात गर्न योग्य होल्डिङ्स नामक निजी कम्पनीलाई उद्योग विभागले मंसिर ७ गते अनुमति दिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।
‘नेपालबाट अनुमति पाउन ढिला भयो भारतीय आयल निगम कर्पोरेसनबाट २०८१ वैशाखमा अनुमति पाइसकेको हो,’ घिमिरेले भने, ‘नेपालमा यो ग्यास पहिलो पटक आयात हुन लागेको हो । यससँग सम्बन्धित नीति नियम नहुँदा अनुमति पाउन ढिला भयो ।’
तत्काल सानो परिमाणबाट आयात सुरु गर्ने र भविष्यमा ठुलो परिमाणमा आयात गर्ने बताए ।
घिमिरेका अनुसार लिक्वीफाइड ग्यास एउटा प्राकृतिक ग्यास हो । जुन एलपी ग्यासको तुलनामा धेरै सस्तो मूल्य पर्छ । जसको प्रयोगबाट कोइला, आगो, डिजेल लगायतको वस्तुबाट चल्ने उद्योग चलाउन सकिने र कार्वन उत्सर्जनबाट वातावरण प्रदूषण हुनबाट रोक्न सकिने घिमिरेको भनाइ छ ।
यसैगरी डिजेलबाट चल्ने सवारी साधनमा पनि उक्त ग्यासको प्रयोग गर्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष