अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
सोमबार, १० मङ्सिर २०८१, १५ : ५४

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुबाहक गाडी दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सोमबार भएको गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले विज्ञप्ति मार्फत जनाएको छ ।
विज्ञप्तिका अनुसार आइतबार राती गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय वासिन्दा तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी घाइतेको उद्धार गर्नुका साथै शवहरू निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्रोतका अनुसार गत हप्ता मात्र यहि क्षेत्रमा यात्रु बहाक गाडी दुर्घटना हुदाँ महिला तथा बालबालिका सहित आठ जना यात्रुहरूको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र