बबाल बुमराह, निरीह अस्ट्रेलियाको टप अर्डर !
तथ्याङ्कमा हेर्नुहोस् अस्ट्रेलियाली भूमिमा भारतको शानदार जित
सोमबार, १० मङ्सिर २०८१, १५ : ४१

पर्थ । भारतले अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा नमिठो हारको स्वाद चखाएको छ । पर्थमा खेलिएको पहिलो टेस्टमा भारत २ सय ९५ रनको विशाल अन्तरले विजयी बनेको हो ।
पहिलो इनिङ्समा १ सय ५० रनमा समेटिएको भारतले त्यसपछि उत्कृष्ट कम्ब्याक गर्यो । अस्ट्रेलियालाई पहिलो इनिङ्समा १ सय ४ रनमा समेटेको भारतले आफ्नो दोस्रो इनिङ्समा ४ सय ८७ रनको विशाल योगफल तयार गरेको थियो ।
त्यसपछि अस्ट्रेलियालाई मात्र २ सय ३८ रनमा अलआउट गर्दै भारतले नयाँ इतिहास रच्न सफल भयो । यो टेस्ट अस्ट्रेलियाको शीर्ष क्रमका ब्याटरहरुका लागि बिर्सनलायक रह्यो भने जसप्रित बुमराहका लागि अविस्मरणीय । हेरौँ तथ्याङ्कमा भारतको यो जितलाई :
- ४–१ – पर्थको स्टेडियममा अस्ट्रेलियाले बेहोरेको यो पहिलो हार हो । यसअघि अस्ट्रेलियाले सबै चार खेल जितेको थियो । यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले सबै ५ खेल जितेको छ ।
- १५० – भारतले पहिलो इनिङ्समा बनाएको स्कोर । भारतले पहिलो इनिङ्समा योभन्दा कम स्कोर बनाएर मात्र दुईपटक टेस्ट जितेको थियो । सन् २००४ मा वांखडे स्टेडियममा अस्ट्रेलियाविरुद्ध १ सय ४ रनमा अलआउट भएर र सन् २०२१ मा अहम्दाबादमा इंग्ल्याण्डविरुद्ध १ सय ४५ रनमा अलआउट भएर ।
- २९५ – पहिलो इनिङ्समा १ सय ५० रन वा सोभन्दा कम रनमा अलआउट भएर कुनै पनि टोलीले हासिल गरेको यो दोस्रो ठुलो अन्तरको जित हो । यसअघि सन् १९९१ मा खेलिएको ब्रिजटाउन टेस्टमा वेस्ट इन्डिजले पहिलो इनिङ्समा १ सय ४९ रन बनाएर अस्ट्रेलियालाई ३ सय ४३ रनको विशाल अन्तरले हराएको थियो ।
- २ – २ सय ९५ रनको हार पछिल्लो ४० वर्षमा अस्ट्रेलियाले घरेलु मैदानमा बेहोरेको दोस्रो ठुलो हार हो । यसअघि सन् २०१२ मा वाका टेस्टमा टोली दक्षिण अफ्रिकासँग ३ सय ९ रनले पराजित भएको थियो ।
- २ – घरेलु मैदानबाहिर भारतले योभन्दा ठुलो अन्तरले जितेको टेस्टको सङ्ख्या । भारतले सन् २०१९ मा वेस्ट इन्डिजलाई एन्टिगुवामा ३ सय १८ रनले हराएको थियो भने सन् २०१७ मा गाले टेस्टमा श्रीलंकाविरुद्ध टोलीले ३ सय ४ रनको जित हात पारेको थियो ।
- ३४२ – पर्थ टेस्टमा अस्ट्रेलिया बनाएको जम्मा रन । सन् २००० यता घरेलु मैदानमा टोलीले जोडेको दोस्रो कम रन हो । यसअघि सन् २०१६ को होबार्ट टेस्टमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध २ सय ४६ रन बनाएको थियो ।
- ९.०० – पर्थ टेस्टमा जसप्रित बुमराहको बलिङ औसत । खेलमा उनले ७२ रन खर्चेर ८ विकेट लिन सफल भए । उनीभन्दा अघि मात्र दुई बलरले विदेशी भूमिमा ८ वा सोभन्दा बढी विकेट लिँदा योभन्दा राम्रो बलिङ औसत कायम राखेका थिए ।
- बुमराहले १ सय वा सोभन्दा कम रन खर्चेर ८ वा सोभन्दा बढी विकेट लिएको यो पाँचौँ अवसर हो । भारतीय बलरहरूमा रवीचन्द्रन अश्विन (७ पटक) मात्र उनीभन्दा अघि रहेका छन् ।
- ५७ – अस्ट्रेलियाको शीर्ष पाँचले पर्थ टेस्टमा बनाएको रनको सङ्ख्या । सन् १८८८ देखि पुरुष टेस्टमा उनीहरूको यो तेस्रो खराब रेकर्ड हो ।
- ० – सन् १९७० यता पहिलो टेस्ट हारेर अस्ट्रेलियाले घरेलु मैदानमा टेस्ट शृङ्खला जितेको अवसर । सन् १९७० यता अस्ट्रेलियाले ९ पटक टेस्ट शृङ्खलाको पहिलो खेल हारेको छ । जसमध्ये टोलीले ८ वटा शृङ्खला गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै