माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बिच भलिबल प्रतियोगिता हुने
सोमबार, १० मङ्सिर २०८१, १५ : ३५

काठमाडौँ । माघ १ देखि ५ गतेसम्म सिन्धुपाल्चोकको सुकुटेमा ७ औँ महिला तथा ८ औँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आयोजक जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले जानकारी दिएको हो ।
बिच भलिबल प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गर्ने बताइएको छ । सो समयमा सुकुटेको पर्यटन प्रवर्द्धनका लागि सुकुटे बिच सांगीतिक पनि आयोजना गरिने बताइएको छ । आज एक कार्यक्रमबिच नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घबिच हस्ताक्षर भयो । सिन्धुपाल्चोक जिल्लाकै पहिचान झल्किने सुकुटे नगरीमा हुने बिच भलिबल प्रतियोगितालाई सफल बनाउन आयोजकले आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी