बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
नयाँ दिल्ली । २०२४ सकिनै लागेको छ । आगामी वर्ष बलिउडमा कयौँ रोचक फिल्म रिलिज हुँदैछन् ।
कतिपय त रिलिज भइसकेका पनि छन् र हलमा प्रदर्शन भइरहेका छन् । दर्शकमाझ पुग्नुअघि नै ठीक–ठाक माहौल बनाएका चलचित्र बक्स अफिसको परीक्षामा खरो उत्रिएलान् । यो भने हेर्न बाँकी छ । अहिले बलिउडदेखि साउथसम्म धेरै फिल्मका सुटिङ भइरहेका छन् ।
खस्कियो ‘आई वान्ट टू टक’को अवस्था
जुनियर बच्चनको फिल्म २२ नोभेम्बरमा थिएटरमा रिलिज भएको थियो । शूजित सरकारको निर्देशनमा बनेको यो फिल्मको कथा एकदमै फरक रहेको बताइएको छ । रिलिज अघि यसको प्रमोशन पनि राम्रो भएको थियो । तर, यो फिल्म बक्स अफिसमा नराम्ररी घाइते भएको छ ।
करिब ४० करोडको बजेटमा बनेको फिल्मले २५ लाख भारुबाट कमाइको खाता खोल्यो । दोस्रो दिन पनि फिल्मले ५५ लाख भारु मात्रै कमायो । तेस्रो दिन आइतबार ५३ लाख भारु भन्दा धेरै भएन कमाई । यस हिसाबले तीन दिनमा फिल्मको कलेक्सन १ करोड ३३ लाख मात्रै छ । कमाइको तल हेर्दा फिल्म छिट्टै बक्स अफिसबाट बाहिरिने देखिन्छ ।
कायम छ भूल भुलैया ३ को पकड
यही महिना दीपावलीको अवसरमा नोभेम्बर १ मा ‘भूल भुलैया ३’ र ‘सिंघम अगेन’ हलमा रिलिज भएका थिए । रिलिजको २४ औँ दिनमा पनि भूल भुलैयाले राम्रो कमाई गरिरहेको छ । करिब १५० करोडको बजेटमा बनेको कार्तिक आर्यनको यो फिल्मले २४औँ दिन आइतबार ३ करोड ४० लाख भारु कमाएको छ । योसँगै फिल्मको कुल नेट कलेक्सन २४७ करोड १० लाख भारु पुगेको छ ।
सिंघम ३ को कुरा गर्ने हो भने यसको अवस्था नाजुक छ । ३५० करोडको लागतमा बनेको यो फिल्मले आइतबार २४ औँ दिन १ करोड ९० लाख कमायो । योसँगै फिल्मको कुल कलेक्सन २ सय ४० करोड ३५ लाख पुगेको छ । नोभेम्बर सकिनै लागेको छ । तर अझै पनि फिल्मले आफ्नो पूरा खर्च उठाउन सकेको छैन ।
सबैभन्दा माथि छ अमरणको प्रदर्शन
भूल भुलैया ३, सिंघम अगेन लगायत चलचित्रभन्दा दक्षिण भारतीय फिल्म अमरणले दर्शकको मन जित्न सफल भएको छ । कमल हसनले बनाएको यो फिल्म अक्टोबर ३१ मा रिलिज भएको थियो । यो फिल्मको बजेट भूल भुलैया ३ भन्दा कम थियो । करीब १२० करोड भारुको लागतमा बनेको फिल्मले २ ०७ करोड ७० लाख भारु कमाइ सकेको छ । स्याकनिल्कको रिपोर्टका अनुसार आइतबार २५ औँ दिन अमरणले ४ करोड ५० लाख भारु कमाएको थियो । यो २४ औँ दिनमा आइतबार भूल भुलैया ३ को भन्दा निकै राम्रो हो ।
यस्तो छ कंगुवा र साबरमतीको हालत
विक्रान्त मैसीको द साबरमती रिपोर्टले आइतबार १० औँ दिनमा ३ करोड १० लाख भारु कमाइ गरेको थियो । अहिलेसम्म यो फिल्मले बक्स अफिसमा १८ करोड ६० लाख भारु कमाइसकेको छ । उता, कंगुवाको हालत खासै राम्रो छैन । रिलिज अघि नै चर्चा पाएको मेगा बजेटको यो फिल्मले हलसम्म दर्शक तान्न सकेको छैन ।
फिल्मले ११ औँ दिनमा १ करोड ३५ लाख भारुको मात्रै व्यापार गरेको छ । योसँगै फिल्मको नेट कलेक्शन ६७ करोड ५० लाख भारु मात्रै पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म
-
राहदानी विभागको सेवा सुचारु
-
सिस्नेरीबाट एन्फा एकेडेमी हेटौँडा एकेडेमीमा स्थानान्तरण गरिने
-
लुम्बिनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत