युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !

वासिङ्टन डिसी । अमेरिकी सरकारले युक्रेनलाई आफ्नो लामो दूरीको जेएएसएसएम ब्यालिष्टिक मिसाइल सहयोग गर्ने भएको छ । रुसको भित्री भागसम्म हमला गर्न सकियोस् भनेर सो मिसाइल दिन लागिएको समाचारमा जनाइएको छ ।
यो मिसाइलको नाम ज्वाइन्ट एयर टू सरफेस स्ट्यान्डअप मिसाइल हो । योमार्फत रुसको कम्तीमा ३० वटा एयरबेसमाथि निशाना लगाउन सकिने बताइएको छ । यो मिसाइल र एफ–१६ फाइटर जेट्सको खतरनाक संयोजन हो । यो मिसाइललाई एफ–१६ फाइटर जेटबाट लञ्च गर्न सकिनेछ । युक्रेनसँग कयौँ थान एफ–१६ फाइटर जेट छ ।
यो मिसाइलबाट युक्रेनले रुसमाथि हमला गर्यो भने जवाफी कारबाही पनि तगडै हुनेछ । युक्रेनले एफ–१६ फाइटर जेटबाट ३७० दशमलव ४ किमी दूरीबाट मिसाइल हान्न सक्नेछ । आवश्यकता पर्यो भने यो मिसाइलको रेन्जलाई ९०० किमीसम्म पुर्याउन सकिन्छ । यो मिसाइल अमेरिकाको रक्षा उपकरण बनाउने कम्पनी लकहिड मार्टिनले बनाएको हो ।
कम्पनीले अहिलेसम्म ७ हजार ५०० वटा जेएएसएसएम ब्यालिष्टिक मिसाइल बनाइसकेको छ । यसको प्रयोग अमेरिकी वायु सेनाको साथसाथै अस्ट्रेलिया, पोल्यान्ड र फिनल्यान्डको हवाई बलले गरिरहेको छ । यो मिसाइल पहिलो पटक सिरियामा अमेरिकी हमलाको समयमा प्रयोग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुपम स्मृति फुटबलको उपाधि १५ नम्बरले जित्यो
-
विमल पान मसालाको विज्ञापन गरेका तीन बलिउड स्टारलाई पर्यो भारी
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा