लिथुआनियामा कार्गो जेट दुर्घटना, एकको मृत्यु
एजेन्सी । लिथुआनियाको भिल्नियस विमानस्थल नजिक एउटा कार्गो विमान दुर्घटना भएको छ । यो दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको भन्दै बीबीसीले समाचार छापेको छ ।
स्पेनी कार्गो विमान सेवा प्रदायक कम्पनी स्वीफ्टएयरको उक्त बोइङ ७३७ विमानलाई जर्मन कुरियर कम्पनी डीएचएलले चलाएको थियो । विमान अवतरण हुनुभन्दा केही समय अगावै विमानस्थल निकट रहेको एउटा घर नजिकै दुर्घटनामा परेको थियो ।
दुर्घटना स्थल नजिकैबाट १२ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले बताएको छ । विमान स्थानीय समयअनुसार ३ बवे लेइप्जिग विमानस्थलबाट उडेको थियो । त्यसको डेढ घण्टापछि विमान दुर्घटनामा परेको फ्लाइट ट्र्याक गर्ने वेबसाइट फ्लाइटरडार २४ को डेटाले देखाएको छ ।
दुर्घटनापछि विमानस्थलको धावनमार्गबाट १.३ किमी पर रहेको भवनको धुवाँ आइरहेको देखिएको भन्दै रोयटर्सले पनि समाचार छापेको थियो । दुर्घटनाको कारण अहिलेसम्म अज्ञात छ । लिथुआनियाली अधिकारीहरूले घटनाको छानबिन सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा