‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन
![‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन](https://npcdn.ratopati.com/media/news/whatsapp-image-2024-11-25-at-08.51.25_rpIkMyo9Qn.jpg)
काठमाडौँ । रियालिटी शो ‘एक्टिङ स्टार’को केही महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो। डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।
डिजिटल अडिसनबाट सेलेक्सनमा पर्न सफल व्यक्तिहरूलाई उनीहरूकै गाउँ ठाउँमा पुगेर सहभागिताको प्रमाण पत्र प्रदान गर्ने निर्माण टिमले बताएको हो।
फिजिकल अडिसन मार्फत २४ जना सेलेक्ट गरेर प्रतियोगिता सुरु गरिने छ। अभिनय रियालिटी शोमा भाग लिन इच्छुकले दुई मिनेटसम्मको प्रस्तुति भिडियो मङ्सिर ३० गतेभित्रमा पठाउन सक्ने निर्माता कम्पनी महक मिडिया नेटवर्क प्रालिले जनाएको छ ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशन विशाल भण्डारीले गर्नेछन्। शो को जज र प्रसारण हुने टिभी च्यानल भने केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।
डिजिटल अडिसनको भिडियो इमेल तथा ह्वाट्सएप तथा भाइबर नम्बर ९७६७९८३३१० मा पठाउन सकिने जनाइएको छ । ‘एक्टिङ स्टार’ को विजेताले नगद पुरस्कार राशिसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता