मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशको मोरङ जिल्लास्थित ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।
नेकपा एमालेका तुलसीराम विश्वास, नेपाली कांग्रेसका बलराम सरदार थारु, नेकपा माओवादी केन्द्रका नमो नारायण माझी अध्यक्ष पदका उम्मेदवार हुन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नविन कुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश कुमार थन्दार, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी, जनमत पार्टीबाट विनोद कुमार माझी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट वुद्धिचन विश्वास थारु उम्मेदवार छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टीबाट प्रभुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु मुसहर, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (थारु), जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी र स्वतन्त्र रूपमा नमनारायण चौधरी थारु अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
२०७९ को निर्वाचनमा यो पालिकाको अध्यक्ष पदमा ७ जना उम्मेदवार थिए । जसअनुसार नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मतसहित निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका शिव नारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका विजय कुमार सरदारले २ हजार ७२७ मत पाएका थिए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पखु लाल विश्वासले ४४७, नेकपा एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पंच नारायण थारुले ९८ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई