सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयर गङ्गा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतले उनीहरूलाई २१ लाख ६० हजार बिगो र जरिवाना र २ वर्ष ६ महिना कैद र जरिवाना हुने फैसला सुनाएको छ।
विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई सजाय निर्धारण गरेको हो । विशेषले उनीहरूलाई कात्तिक ३० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला सुनाएको थियो ।
विशेषले पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई बिगो र जरिवाना गरी ४३ लाख ठहर गरेको हो ।
अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो माग दाबी गर्दै २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८÷७९ मा प्रशासनिक भवन निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
भवन निर्माणमा भ्रष्टाचार भएको भनी उच्च अदालत राजविराजमा सुरुमा रिट दर्ता भएको थियो । उक्त रिटमा सुनुवाइ गर्दै उच्चले अघि नबढाउन आदेश गरेको थियो । तर उक्त आदेशलाई अटेर गर्दै मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डलले निर्माण अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले अनुसन्धान पछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर पासवान नेकपा माओवादी केन्द्रबाट मेयर बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल