पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
![पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ](https://npcdn.ratopati.com/media/news/oli-cover_qyXmrhPGDr.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग गरेको परामर्शमा प्रधानमन्त्री ओलीले यस्तो बताएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै खनालले भने, ‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिन भन्नेजस्तो कुरा गर्नुभयो ।’ खनालले चीनसँग अहिले ऋण सम्झौता नगरेपनि चीनसँग कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हो भने आपत्तिजनक हुने आफूहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
त्यस्तै उनले नेपालको प्रधानमन्त्रीले कुनै एउटा देश विशेषबाट भ्रमण सुरु गर्नुपर्छ भनेर भएको चर्चा सदाका लागि बन्द गर्नुपर्ने सुझाव दिएको पनि बताए । ‘सार्वभौम देश नेपालले आवश्यकताअनुसार जुनसुकै देशको भ्रमण गर्न सक्छ’, खनालले आफूले दिएको सुझावबारे बताए ।
त्यस्तै उनले संसारमा दोस्रो शक्तिशाली राष्ट्रका रूपमा उदाएको चीनबाट नेपालले लाभ प्राप्त गर्ने भिजनका साथ अघि बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई भ्रमणका पनि यो विषय दिमागमा राख्न सुझाव दिएको बताए । साथै उनले चीनसँगको पारवहन, बिजुली निर्यात लगायतका विषयमा पनि चीनसँग थप सहमति र सम्झौता गर्न सके नेपाल लाभान्वित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
-
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव
-
मेरो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले