उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको सम्भल जिल्लामा रहेको शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ । यो जानकारी मुरादाबाद डीआईजी मुनिराजले दिएका हुन् ।
यसअघि हिंसामा पाँच जनाको मृत्यु भइसकेको खबर आएको थियो । यसबारे सोध्दा मुनिराजले समाचार एजेन्सी पीटीआईलाई आफूहरूले अहिलेसम्म तीन जनाको पोस्टमार्टम गरेको र मुरादाबादमा सोमबार उपचारका क्रममा अर्का एक जनाको मृत्यु भएको बताए ।
चौथो मृतकको पोष्टमर्टम भइनसकेको र मृत्युको कारण पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने उनले बताएका छन् । शान्तिका लागि अपिल गर्दै डीआईजीले यस विषयमा निष्पक्ष छानबिन हुने बताए । पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा हिंसा भएको थियो ।
सर्वेक्षण पूरा गरेर सर्वेक्षक टोली फिर्ता जान लाग्दा मानिसहरूले तिनीहरूलाई निशाना बनाएर ढुङ्गा हान्न थालेका थिए । जिल्लामा हिंसाका क्रममा चौथो व्यक्तिको मृत्यु भएपछि त्यहाँ कर्फ्युको जस्तो स्थिति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
-
तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप
-
ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी