हाललाई धरहरामा निःशुल्क पार्किङ सुविधा
सोमबार, १० मङ्सिर २०८१, १२ : ३९
_wwF4lMiN11.jpg)
काठमाडौँ । सरकारले धरहरामा पार्किङ शुल्क लिने निर्णय गरे पनि हाललाई निःशुल्क पार्किङको सुविधा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहराको वेसमेन्ट पार्किङमा सवारी पार्किङ गर्दा शुल्क लिने निर्णय गरेको थियो । तर हाललाई उक्त निर्णय कार्यान्वयन नभएको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले बताए ।
‘सरकारले पार्किङ शुल्क लिने निर्णय गरे पनि अहिलेलाई कार्यान्वयनमा ल्याइएको छैन,’ राईले भने, ‘अहिले निःशुल्क पार्किङ गर्न दिइरहेका छौँ । केहि दिनपछि मात्रै शुल्क लिने व्यवस्था गरिन्छ ।’
मन्त्री परिषद्को निर्णयअनुसार चारपाङ्ग्रे सवारीको प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रे सवारीको लागि प्रतिघण्टा १० रुपैयाँ शुल्क तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ