पहिलो दिनको अक्सनबाट कुन खेलाडी कति रकममा कुन क्लबमा आबद्ध भए ?
काठमाडौँ । लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) को दोस्रो तथा अन्तिम दिन सोमबार पनि सहभागी क्लबहरुले विश्वभरका चर्चित खेलाडीहरुमाथि बोली लगाउने भएका छन् ।
आईपीएलको मेगा अक्सन साउदी अरेबियाको जेद्दाह सहरमा भइरहेको छ । मेगा अक्सन नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ । मेगा अक्सनको पहिलो दिन आइतबार भारतका ऋषभ पन्त आईपीएलको इतिहासमै सबैभन्दा महंगो रकममा बिक्री भएका थिए ।
मेगा अक्सनमा लखनउ सुपर जायन्ट्सले ऋषभ पन्तका लागि कीर्तिमानी रकम खर्चिएको थियो । मेगा अक्सनमा लखनउ सुपर जायन्ट्सले उनलाई २७ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । त्यसअघि आइतबार नै श्रेयष ऐयर कीर्तिमानी मूल्यमा बिक्री भएका थिए ।
मेगा अक्सनमा श्रेयष ऐयरलाई पञ्जाब किङ्सले २६ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । तर, लगत्तै ऋषभ पन्तले त्यो कीर्तिमान तोडेका हुन् । श्रेयष ऐयरकै कप्तानीमा कोलकाता नाइट राइडर्सले अघिल्लो सिजनको आईपीएलको उपाधि चुमेको थियो । यो सिजन कोलकाताले उनलाई रिलिज गरेको थियो । अक्सनमा कोलकातासँगै अन्य क्लबले पनि उनमाथि बोली लगाएका थिए ।
पहिलो दिन नै भारतीय खेलाडी वेंकटेश ऐयरका लागि कोलकाता नाइट राइडर्सले २३ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चिएको थियो । अक्सनको पहिलो दिन कुल ७२ जना खेलाडी खरिद–बिक्री भए । बाँकी खेलाडी सोमबारको अक्सनबाट बिक्री हुनेछन् ।
पहिलो दिनको अक्सनमा अर्शदीप सिंहलाई पञ्जाब किङसले १८ करोडमा खरिद गरेको थियो । उनलाई भित्राउन पञ्जाबले राइट टु म्याच (आरटीएम) कार्ड प्रयोग गरेको थियो । दक्षिण अफ्रिकाका तिब्रगतिका बलर कागिसो राबडा गुजरात टाइटन्समा आबद्ध भएका छन् । उनलाई गुजरातले १० करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी, इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बट्लरले आगामी सिजनको आईपीएल गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । उनलाई मेगा अक्सनमा गुजरात टाइटन्सले १५ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
मिचेल स्टार्कलाई दिल्ली क्यापिटल्सले ११ करोड ७५ लाख रुपैयाँमा खरिद ग¥यो । मोहम्मद सामीलाई सनराइजर्स हैदराबादले १० करोड भारतीय रुपैयाँमा किन्यो । डेभिड मिल्लरलाई लखनउ सुपर जायन्ट्सले सात करोड ५० लाख रुपैयाँमा खरिद ग¥यो ।
यसैगरी, युजवेन्द्र चहलका लागि पञ्जा कङ्सिले १८ करोड भारतीय रुपैयाँ खर्चियो । मोहम्मद सिराजलाई गुजरातले १२ करोड २५ लाख रुपैयाँमा खरिद ग¥यो । उनका लागि रोयल च्यालेन्जर्स बेंगलुरुले आरटीएम कार्डको प्रयोग गरेन ।
लियाम लिभिङ्स्टोनका लागि रोयल च्यालेन्जर्स बेंगलुरुले आठ करोड ७५ लाख रुपैयाँ खर्चियो । केएल राहुलका लागि दिल्ली क्यापिटल्सले १४ करोड रुपैयाँ खर्चियो । ह्यारी ब्रुकलाई भने दिल्ली क्यापिटल्सले ६ करोड २५ लाख रुपैयाँमा खरिद ग¥यो ।
यसैगरी, एडेन मारक्रमलाई लखनउले दुई करोडमा खरिद ग¥यो । डेभोन कनवेलाई चेन्नई सुपर किङ्सले ६ करोड २५ लाख रुपैयाँमा किन्यो । राहुल त्रिपाठी तीन करोड ४० लाखमा बिक्री भयो । उनलाई चेन्नईले खरिद गरेको हो ।
ज्याक फ्रेजर म्याकगर्क नौ करोड भारतीय रुपैयाँमा दिल्लीमा आबद्ध भए । उनका लागि दिल्लीले आरटीएम कार्डको प्रयोग गरेको थियो । हर्षल पटेल भने आठ करोड भारतीय रुपैयाँमा सनराइजर्स हैदराबादमा आबद्ध भए ।
यसैगरी, रचिन रविन्द्रलाई चेन्नई सुपर किङ्सले चार करोडमा किन्यो । रविचन्द्रन आश्विनलाई पनि चेन्नई सुपर किङ्सले नै नौ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद ग¥यो । वेंकटेश ऐयरलाई कोलकाता नाइट राइडर्सले २३ करोड ७५ लाखमा किन्यो ।
यसैगरी, मार्कस स्टोइनिसलाई पञ्जाबले ११ करोड भारतीय रुपैयाँमा खरिद ग¥यो । मिचेल मार्श तीन करोड ४० लाखमा लखनउमा आबद्ध भए । ग्लेन म्याक्सवेल चार करोड २० लाख भारतीय रुपैयाँमा पञ्जाब किङ्समा आबद्ध भए ।
यसैगरी, क्विन्टन डी काक तीन करोड ६० लाख रुपैयाँमा कोलकाता नाइट राइडर्समा आबद्ध भए । फिल साल्ट ११ करोड ५० लाख रुपैयाँमा रोयल च्यालेन्जर्स बेंगलुरुमा आबद्ध भए । रहमानुल्लाह गुरबाजलाई कोलकाताले दुई करोडमा किन्यो ।
यसैगरी, इशान किशन ११ करोड २५ लाखमा हैदराबादमा आबद्ध भए । जितेश शर्मा ११ करोड रुपैयाँमा बेंगलुरुमा आबद्ध भए । तिब्रगतिका बलर जस हेजलउड १२ करोड ५० लाख रुपैयाँमा रोयल च्यालेन्जर्स बेंगलुरुमा आबद्ध भए ।
प्रसिद्ध कृष्णालाई नौ करोड ५० लाख रुपैयाँमा गुजरातले किन्यो । आवेश खान नौ करोड ७५ लाख रुपैयाँमा लखनउमा आबद्ध भए । एनरिक नोर्जे ६ करोड ५० लाखमा कोलकातामा आबद्ध भए । जोफ्रा आर्चरलाई राजस्थान रोयल्सले १२ करोड ५० लाख रुपैयाँमा किन्यो ।
यसैगरी, खलिल अहमद चार करोड ८० लाखमा चेन्नईमा, टी. नटराजन १० करोड ७५ लाखमा दिल्लीमा, ट्रेन्ट बोल्ट १२ करोड ५० लाखमा मुम्बई इन्डियन्समा, महिश तिक्ष्णा चार करोड ४० लाखमा राजस्थानमा र राहुल चाहर तीन करोड २० लाख रुपैयाँमा हैदराबादमा आबद्ध भए ।
यसैगरी, एडम जाम्पा दुई करोड ४० लाखमा हैदराबादमा, वानिन्दु हसरंगा पाँच करोड २५ लाखमा राजस्थानमा, नर अहमद १० करोडमा चेन्नईमा, अथर्व ताइडे ३० लाखमा हैदराबादमा, नेहाल बढेरा चार करोड २० लाखमा पञ्जाबमा र अंगकृष रघुवंशी तीन करोडमा कोलकातामा आबद्ध भए ।
यसैगरी, करुण नायर ५० लाखमा दिल्लीमा, अभिनव मनोहर तीन करोड २० लाखमा हैदराबादमा, निशान्त सिन्धु ३० लाखमा गुजरातमा, समिर रिजवी ९५ लाखमा दिल्लीमा, नमन धिर पाँच करोड २५ लाखमा मुम्बईमा र अब्दुल समाद चार करोड २० लाखमा लखनउमा आबद्ध भए ।
हरप्रित बराड एक करोड ५० लाखमा पञ्जाबमा, विजयशंकर एक करोड २० लाखमा चेन्नईमा, महिपाल लोमरोर एक करोड ७० लाखमा गुजरातमा, आशुतोष शर्मा तीन करोड ८० लाखमा दिल्लीमा, रविन मिन्ज ६५ लाखमा मुम्बईमा र अनुज रावत ३० लाखमा गुजरातमा आबद्ध भए ।
आर्यन जुयाल ३० लाखमा लखनउमा, विष्णु विनोद ९५ लाखमा पञ्जाबमा, आकाश माधवाल एक करोड २० लाखमा राजस्थानमा, मोहित शर्मा दुई करोड २० लाखमा दिल्लीमा, विजयकुमार वैशाख एक करोड ८० लाखमा पञ्जाबमा र वैभव अरोडा एक करोड ८० लाखमा कोलकातामा आबद्ध भए ।
यसैगरी, पहिलो दिनको अक्सनबाटै यश ठाकुर एक करोड ६० लाखमा पञ्जाबमा, सिमरजित सिंह एक करोड ५० लाखमा हैदराबादमा, सुयश शर्मा दुई करोड ६० लाखमा बेंगलुरुमा र कण शर्मा ५० लाखमा मुम्बईमा आबद्ध भए ।