बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता विजय वर्मा र अभिनेत्री तमन्ना भाटिया लामो समयदेखि ‘रिलेशनशिप’ मा छन् । दुवै जना प्रायः सँगै देखिन्छन् । केही दिनयता उनीहरूको बिहेको खबर भाइरल भइरहेको छ ।
यी खबरहरूका बीचमा यो जोडी फेरि एकसाथ देखिएका छन् । दुवै डिजाइनर मनिष मल्होत्राको घरमा पुगेका थिए । यो भिडियो सार्वजनिक हुने बित्तिकै उनीहरूको बिहेको हल्ला फेरि चर्किएको छ ।
बिहे गर्न लागेको अड्कल
लामो समयदेखि तमन्ना र विजय बर्माको बिहेको चर्चा चलिरहेको थियो । उनीहरू आगामी वर्ष बिहे गर्ने तयारीमा रहेको दाबी गरिएको छ । यद्यपि उनीहरूको बिहेको खबर पुष्टि भएको छैन ।
विजय र तमन्ना कसैको तर्फबाट पनि यसबारे कुनै बयान आएको छैन । यसैबिच दुवैको भिडियो सार्वजनिक भएको छ । दुबै मनिष मल्होत्राको घर बाहिर देखिएका छन् । यो देखेर युजर्सले फेरि उनीहरूको बिहेको बारेमा अड्कल लगाउन थालेका छन् ।
विजय–तमन्नासँग थिइन् फातिमा
भिडियोमा विजय वर्मा र तमन्ना भाटियासँग अभिनेत्री फातिमा सना शेख पनि छिन् । पापाराजीले विजय र तमन्नालाई एकसाथ पोज दिन आग्रह गरेको भिडियोमा देखिन्छ ।
विजय र तमन्नाबिच फातिमा निकै असहज देखिएकी थिइन् । विजय र तमन्नाले छिटै बिहे गर्न लागेको भन्दै खबरहरू आइरहेका छन् ।
कयौँ सञ्चारमाध्यमहरूले यो जोडी आफ्नो लागि नयाँ घर खोजिरहेको पनि बताएको थियो । केहीले जोडीले आउँदो वर्ष विवाह गर्ने निर्णय गरेको र दुवैले बिहेको तयारी सुरु गरिसकेको पनि भनिरहेका छन् ।
विजय र तमन्नाले आफ्नो बिहेको खबर कहिले पुष्टि गर्छन् त्यो चाँहि हेर्न बाँकी नै छ । अहिले सार्वजनिक भएको भिडियोमा दुबैका फ्यानहरूले निकै माया बर्साइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
सरकारी गाडीले ट्राफिकको चेकप्वाइन्ट छल्न खोजेपछि कोटेश्वरमा दुर्घटना
-
ज्ञानेन्द्रलाई ओली, देउवा र प्रचण्डको चुनौती : मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला